वडा अध्यक्षकै छैन जग्गाधनी पुर्जा

बिपी डोल्पाली 
डोल्पाली ः यहाँको एक बस्तीका वार्ड अध्यक्ष लगायत सिँगो गाउँबस्तीको नाममा अहिले सम्म जग्गाधनी पुर्जा नभएको पाइएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड १ का अध्यक्ष तथा साबिकको त्रिपुराकोट गाबिस वार्ड २ मा पर्ने गल्ली गाउँका बासिन्दा कर्मसिँ थापाको नाममा अहिले सम्म जग्गाधनी पुर्जा नभएको पाइएको हो ।
गल्ली गाउँका स्थानीय बासिन्दा कर्मसिँ थापा,कर्ण बहादुर थापा,भैरव शाही,भीमबहादुर शाही,कृष्णराज शाही,डम्बर कठायत,नरसिँ कठायत,हिरुबहादुर कठायत,शंकबिर कुलाल,नन्दसिँ थापा,हरि कुलाल,र सुकबिर शाही लगायतको २० घरधुरीको नाममा जग्गाधनी पुर्जा छैन ।
०५२ सालमा भएको नापीमा नापी नक्सा गर्ने क्रममा त्रिपुरासुन्दरी नगरपालिका वार्ड १ मा रहेको प्रसिद्द श्रीबाला त्रिपुरासुन्दरी भगवती मन्दिर(गुठी)को नाममा रहेको कित्ता नं १२३ र १७३ को २० मुरी जग्गा मात्र भगवतिको गुठी नाममा नापी हनुु पर्नेमा मन्दिरका पुजारीहरुले छलछाम गरि गाउँलेहरुलाई झुक्याएर सिँगो गल्ली गाउँकै बासिन्दाहरुको जग्गा समेत गुठीको नाममा नापी नक्सा गरिएको गल्ली गाउँका बासिन्दाले बताएका छन ।
वार्ड अध्यक्ष समेत रहेका कर्मसि थापा लगायतका गल्ली गाउँका बासिन्दाहरुले श्रीबाला त्रिपुरासुन्दरी भगवतीको नाममा भएको कित्ता नं १२३ क्षेत्रफल ०१९४० र कित्ता नं १७३ क्षेत्रफल ०४२१० जग्गा मात्र गुठीको नाममा र बाँकी सबै जगा गाउँलेहरुको नाममा दर्ता गरि दिनको लागि आबश्यक सिफारिस गरि दिन वार्ड सिफारिस सहित त्रिपुरासुन्दरी नगरपालिकालाई निवेदन गरेका छन ।
वार्ड १ का अध्यक्ष तथा पिडित कर्मसिँ थापाले नापी नक्सा हुँदाको समय ०५२ मा मन्दिरका पुजारीहरुले जग्गा मन्दिरकै नाममा नापी हुने तर उपभोग गल्ली गाउँलेहरुले गर्न पाउने भन्दै जवरजस्ती ब्यक्तिको जग्गा पनि गुठीको नाममा नापी नक्सा गराएको बताए ।
हामिले मन्दिरको जगाा बाहेक बाँकी जग्गा सबै गाउँलेहरुको नाममा दर्ता गरि दिन बारम्बार निवेदन गर्दा समेत पुजारीहरुले अटेर गरेकाले आफु लगायत सिँगो गाउँ नै जग्गाधनी पुर्जा बिहिन भएको र पुन सबैको सल्लाहा बमोजिम दर्ताको लागि प्रक्रिया अगाडि बडाइएको वार्ड अध्यक्ष थापाले बताए ।
जग्गा नापी भएको २३ वर्ष सम्म गल्ली गाउँका बासिन्दा र पुजारीहरु बीच जग्गा दर्ता मन्दिरको नाममा कि गाउँलेको नाममा गर्ने भन्ने जुहारी चल्दै आएको छ ।
जिल्लाकै प्रसिद्द गल्ली भवानी मष्टा देवताको निर्देशनले समेत मन्दिरको नाममा नापी भएको दुई कित्ता जग्गा बाहेक बाँकी जग्गा गल्ली गाउँलेको नाममा गरि दिनु भन्ने भएकाले पनि गाउँलेको नाममा नापी दर्ता गरिदिन मन्दिर समेतको सिफरिस दिइएको पुजारी टंकप्रसाद उपाध्यायले बताए ।







