पुर्ण निर्माणको पखाईमा जाजरकोट दरवार

हेमन्त के सी
काठमाण्डौँ , ः ईतिहास बोकेको जाजरकोट दरबार दैनिक जिर्ण वन्दै गएको छ । वि स १८२५ मा जाजरकोटका राजा शरी शाहले निर्माण गरेको यो दरवार दैनिक जिर्ण वन्दै गएको हो । राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरवार कला र ऐतिहासिक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ ।
हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइन अनुसार रुकुमको चौरजहारीवाट स्थानीय जनतालाइ इटा बोकाएर दरवार निर्माण गर्न लगाएका थिए । तर अहिले स्थानीय जनता र सरकारी वेवास्ताका कारण यो दरवार जिर्ण वन्दै गएको छ । नेपाल एकिकरण अभियानका वेला पश्चिममा निकै शाक्तिशाली राज्यको रुपमा रहेका जाजरकोट राज्यका राजाको दरवार पुरातत्व विभागमा दर्ता भएको भएपनि यसको रेखदेख र संरक्षणमा कसैको चासो नगएको स्थानीय सरोकारवालाहरुको गुनासो छ ।
दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृस्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृस्य मात्र होइन पुर्वतीर सिस्ने हिमाल, होलु जिउला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको खलंगाको पिपलडाडा स्थित टाकुरोमा रहेको जाजरकोट दरवार प्राकृतिक सुन्दरताको विचमा कुरुप वन्दै गएको छ । प्रत्यक वर्ष दशैंको महानवमीका दिन दरवार र जाजरकोट राज्यको ऐतिहासिकता एवम साँस्कृतिक महत्व झल्काउने रांगो वली हाल्ने मेला पनि पछिल्लो चरणमा ओझेल पर्दै गएको छ ।
पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाइ दिएको खड्कको पुजा गर्न ९ रांगा ९ वोकाको वलि दिने चलन पनि हराउदै गएको छ । सुरुमा ७ तले यो दरवार १९९० सालको भुकम्पपछि चार तलामा झरेको थियो । वरिपरि दरवारको भव्य महल विचमा रानीहरुले नुहाउने तलाउको अहिले नाम निसान नै छैन् । दरवार प्रवशेद्धारको अगाडी रहेका दुइवटा सिंहले अगाडीका दुइ खुटटा उचालेर आक्रोस व्यक्त गरेको तस्वीर झल्किने कलात्मक गेट पनि २०३५ मा भत्कि सकेको थियो । सरकारले २०१७ सालमा राजा रजौटाहरु उन्मुलन गरेपछि राजाले वस्न छोडेको यो दरवारका सवै महत्वपुर्ण , ऐतिहासिक वस्तुहरु अहिले हराइ सकेको जाजरकोटको इतिहास र सस्कृतिक हराएको राजेन्द्रविक्रम शाहको भनाई छ ।
विगतमा दरवारको सातौं तलामा रहेको नारायण थानको मन्दिरका तीन वटा अति प्राचीन मुर्तिहरु मध्य एउटा हनुमानको मुर्ति द्धन्दकालमा हराएको थियो भने अन्य दुइवटा मात्र रानागाउँको कालीका मन्दिर र पिपलडाडाको गणेश मन्दिरमा सुरक्षित रहेको उनले बताए ।
शाहका अनुसार हुम्ला र चिनको विचमा रहेको ताक्लाकोटमा विसं १९१४मा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले आक्रमण गरि जितेका छालाको तोप र केहि अन्य हतियारहरु राष्ट्रिय संग्राहलय छाउनीमा रहेको छ । अन्य ६ सय थान वन्दुकहरु राजाका सन्तानहरुले नै लिएर वेपत्ता पारेको उहाँको भनाई छ । १८२५ साल माघ ५ गते भारतको मणिकर्णिका घाटमा जाजरकोटी राजा हरि शाहले गोरखाका राजा पृथ्वीनारायण शाहसंग मितेरी साइनो लगाउदै गरेको धर्मसन्धीका वेला पाएका केहि उपहारहरु र दस्तावेजहरु पनि अहिले भेटाउन गाह्रो भएको शाहको भनाई छ ।

पुथ्वीनारायण शाहले शक्तिको प्रतीकको रुपमा दिएको खडग अर्थात तरवार मात्र अहिले जगतिपुर स्थित मन्दिरमा खर्के देउताको रुपमा सुरक्षित रहेको स्थानीय पुजारी सत्यप्रसाद शर्माले बताउनुभयो ।
जाजरकोट दरवार पुननिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभीजन कार्यालय सुर्खेतले २७ करोडको लागत स्टमेट तयार पारेको जिल्ला प्रशासन कार्यालयको भनाई छ । भवन डिभीजन कार्यालयले दरवारको ऐतिहासिक पक्ष तथा कलात्मकता नविग्रिने गरि वनाएको डिजाइन तथा आर्थिक योजना सहितको पुननिर्माण योजना गृह मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा गएर रोकिएको छ ।
नेपाल वाइसी र चौवीसी राज्यमा विभाजित भएका वेला वाइसी राज्य अन्तरगत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका सँस्थापक राजा जगतिसिंह मेदिनीवर्मा हुन् । उहाँले विसं १४५५मा जाजरकोट राज्य स्थापना गरेका थिए । उनी पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलंगाको पिपलडाडामा नै उनका नाति पर्ने हरि शाहले उक्त राजदरवार निर्माण गरे । हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरवार जाजरकोटी राजा प्रकाश विक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पन्चायतलाइ ६० हजार रुपैयामा विक्रि गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!