खस भाषा जोगाउन मातृभाषा केन्द्र नेपालको टोली जुम्लामा

दिलमाया शाही, जुम्ला
लोप हुदै आएको खस भाषा संरक्षण गर्न मातृभाषा केन्द्र नेपालको टोली जुम्लामा पुगेको छ । नेपाली भाषको जननी थलो जुम्लाको सिजामा भए पनि त्यहाँका नागरिकले आयतित भाषा बोल्दै आएका कारणले जुम्लामा खस भाषा लोप हुन पुगेको हो । पुराना पुस्ताले बोलचाल गर्दै आएको भाषा नयाँ पुस्ताले चासो दिदैनन् त्यस कारणले खस भाष लोप हुदै जाने खतरा देखीएको छ ।
नागरिकहरुले बोलचाल गर्दै आएको आफ्नो मातृ भाषा लोप हुन नदिनको लागी मातृभाषा केन्द्र नेपालको नेतृत्वमा एक वर्ष आगाडी देखी खस जुम्ली भाषा लेखन शैलि नामक खस जुम्ली शब्दकोषको सातौ अध्याय तयार परिएको थियो ।
जुम्लाका संस्कृतिक बिदहरुको उस्थितमा तयार पारीएको खस जुम्ली शब्दकोषको सातौ अध्याय छ वटा स्वर वर्णहरु र २६ वटा ब्यञ्जन वर्णहरु रहेका छन मातृभाषा केन्द्र नेपालका संयोजक सुशिल सुब्बा नेतृत्वमा जुम्लामा एक वर्ष आगाडी देखी तयार परिएको खस जुम्ली शब्दकोष उक्त अध्याको पुनरावलोकन गर्न तिन जनाको टोली जुम्लामा पुगेको हो ।
कुनै पनि नागरिकले उपभोग गर्दै आएको मातृ भाष लोप हुन नदिनको लागी मातृभाषा नेपालले भाषाहरुको क्षेत्रमा काम गर्दै आएको डांं नेत्रमणि दुमीराइले बताउनु भएको छ । उहाले भन्नुभयो आयतित भाषालाई प्रथामिकता दिदा हाम्रो मौलिक पहिचान गुमेको छ ।
त्यस्तै मातृभाषा केन्द्र नेपालका संयोजक सुशिल सुब्बाले जुम्लाका नमगरिकहरुले आफ्नो पहिचान र संस्कृतिक झल्कने गरेर खस जुम्ली शब्दकोष मात्र नभएर पुस्तक तयार पार्न जरुरी रहेको बताउनुभयो ।
आगामी दिनमा जुम्लाका नागरिकहरुले खस सभ्यता जोगाउनका लागी पुराना पुस्ताले नँय पुस्ता माँझ संचेतनाका कर्यक्रम गर्न आवश्यक रहेको छ ।







