समाज धनीका नाममा गरिब परिचयपत्र आएपछि

जाजरकोट ः भेरी नगरपालिकामा दुई महिनाअघि पुगेको गरिब परिचयपत्र वितरण हुन सकेको छैन। धनीहरूको नाम गरिबको सूचीमा परेपछि परिचयपत्र वितरण नभएको भेरी नगरपालिकाले जनाएको छ। कतिपय गरिबको नाममा परिचयपत्रमा नभएको र टाठाबाठाका नाममा भेटिएपछि जिल्ला समन्वय समितिलाई सच्याउन भेरी नगरपालिकाले पत्र लेखेको थियो।
पत्रको जवाफ नआएपछि अन्योल भएकाले तत्काल परिचयपत्र वितरण नगरिएको नगरपालिकाले जनाएको छ। जिल्लाको अन्य स्थानीय तहमा पनि यो समस्या देखिएको छ। नलगाड नगरपालिकाले पनि गरिबको नाममा आएका परिचयपत्रमा धनीका नाम भेटिएको भन्दै वितरण गर्न नसकिने बताएको छ। ुगरिब सँधै मारमा पर्ने हो भने यो देशमा यत्रो परिवर्तन आएको अर्थ के रुु नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर बस्नेतले भने, ुसूची कसरी संकलन गरियो अचम्ममा परेको छु।
उनका अनुसार नगरपालिकामा आएको गरिब परिचयपत्र हेर्दा ८० प्रतिशत धनीको नाम छ। यता जुनिचाँदे गाउँपालिकाको अवस्था पनि उस्तै छ। ुयो कसरी वितरण गर्न सकिन्छरुु, अध्यक्ष कृष्णबहादुर केसीले भने।










