संविधान दिवस ः भेरी खवरकर्मी थापा प्रथम

डोल्पा , डोल्पा दुनैमा संविधान दिवसको अवसरमा भएको लोकदोहोरी प्रतियोगितामा भेरीखवर डोल्पा सहकर्मी सुकमाया थापाको समुह प्रथम भएको छ ।

रेडियो डोल्पामा समेत कार्यरत सहकर्मी थापाको समुहले अन्य ५ वटा समुहलाई उछिन्दै लोकदोहोरी प्रतियागितामा प्रथम स्थान हात पारेको हो । प्रथम हुँने थापाको समुहलाई प्रमाणपत्र सहित नगरले पुरुस्कृत गरिएको छ । संविधान कार्यन्वयनका विषयमा दोहोरी प्रतियोगीता भएको थियो । भेरी खवरकै सहकर्मी लेख बुढाको टिमले दोस्रो स्थान हात पारेको छ । बुढाको टिमलाई पनि प्रमाणपत्र र नगदले पुरस्कृत गरिएको छ ।





error: Content is protected !!