बलिदानि काे दस्तावेज नयाँ संविधान

क्रान्ति केवल बलिदानि काे इतिहास हाेईन मुलत:परिवर्तनको इतिहास हाे।”
अाज असाेज ३गते!नेपालका इतिहासमा युगान्तकारी दिन सावित भएको दिन।सदियाैं देखि अन्धविश्वासि-रुढिवादी
र सामन्ती चिन्तन द्वारा निर्देशित केन्द्रीकृत राजतन्त्रात्मक प्रणालीको विधिवत् अन्त्य गरि समानुपातिक ,समावेशी संघिय गणतन्त्रात्मक नेपाल घाेषणा भएकाे दिन असाेज ३गते।
अाज विकसित र सम्पन्नशालि भनिएका देशहरुमा १९अाैं शताब्दीमा राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापना भए पनि ठिक त्यहि समयमा नेपाल झन निरंकुश,तानाशाहि शक्तिशाली केन्द्रीकृत राजतन्त्र स्थापना हुन पुग्याे।केन्द्रीकृत सामन्ती सत्ता निर्माण संगै विविध जाति,भाषा,संस्कृति र वर्गका समुदायकाे अधिकार अपहरण भई एक समुदाय,एक परिवार ,एक व्यक्ति र एक धर्म अधिनस्त देश बन्न पुग्याे जसले गर्दा सबैका अा अाफ्ना परिचय समाप्त भए।राजा सर्वेसर्वा,देश र देशभित्र का स्राेत राजा र उनिकापरिवारकाे सम्पत्ति तथा रैति राजाकाे सम्पत्ति अार्जन गर्ने दाशकाे रुपमा रहे।राजाकाे अाज्ञा,अादेश र हुकुम प्रवाङ्गिन अस्विकार गर्ने क्षेत्र र समुदायलाई नरसंहार द्वारा दवाईन्थ्याे।
सदियाैं देखिकाे राजतन्त्रको जाताेमा पिसिएकाे जनता ले मुक्तिकाे बाटाे तलास गर्न थाल्याे।राणा शासनका विरुद्धमा अावाज उठाउदा दशरथचन्द,धर्मभक्त लगाए ४ जना सपूत ले गरेकाे वलिदानि त्यसकाे उदाहरण हाे।क्रमस:००७ सालकाे परिवर्तन,०३६ काे अान्दाेलन,०४६ काे अान्दाेलन र ०४७ संविधान निरंकुशता बाट स्वतन्त्रता तर्फकाे अगाडि बढाइ काे एक कदम थियाे।यी तमाम अान्दोलन हरु गुणात्मक परिणाम हासिल गर्न भन्दा पनि सत्ता साझेदारिकाे संझाैता मा टुंगिए जसले जनताकाे परिवर्तनकाे चाहाना पूरा हुन सकेन।
इतिहास का यिनै उतार चढाव काे बिच बाट नेपालमा ने क पा ( माअाेवादी) काे नेतृत्वमा २०५२ फाल्गुन १ जनयुद्धको थालनि भयाे।नेपाली माैलिकता मै अाधारित जनयुद्धले छाेटै समयमा पुरानाे राज्यसत्ता मा उथुलपुथुल ल्यायाे।यहि क्रममा कम्युनिस्ट क्रान्ति प्रति तत्कालीन राजा विरेन्द्र केही नरम रहेकाे अाशंकामा बंश विनास हुनेगरि दरवार हत्याकाण्ड भएकाे धेरैकाे अनुमानछ (याे कुरा कुनै बेला पुष्ठि हुनेछ)।उक्त हत्याकाण्ड मै अर्ध मृत अवस्थाका युवराज दिपेन्द्र लाई राजा घाेषणा गरि ज्ञानेन्द्र लाई राजा बताउने तयारि भयाे।केहि दिन पछि ज्ञानेन्द्र राजा घाेषणा भए।
सत्ताराेहण पछि बाबू महेन्द्र कै स्थानमा उक्लिने महत्वाकांक्षा ले ज्ञानेन्द्रले ०४७ काे संविधान र व्यवस्था अपहरण गरे।एकातिर अन्तर्राष्ट्रियकरण भई झाङ्गिएकाे महान जनयुद्ध देश व्यापि नियन्त्रण र राजाकाे सत्ता साझेदारका रुपमा संसदिय शक्ति सत्ता बाट हुत्याईनु ले नेपाल राजनितिमा 
शक्ति सन्तुलन ले काेल्टाे फेर्याे।दाेस्राे शान्ति वार्ता सम्म एक ठाउँ रहेका संसदिय शक्ति र राजतन्त्र माघ१९ पछि माअाेवादी र संसदिय शक्ति एक ठाउमा उभिने स्थिति पैदा भयाे।
राजतन्त्र बारे तदर्थकाे नितिमा रहेका संसदिय पार्टि (ने का र त्तकालिन ए मा ले)जनयुद्ध संग सहकार्य गर्ने स्थितिमा पुगे जसले १२ बुदे समझदारि सम्भव भयाे।क प्रचण्ड काे बिचार (जनयुद्ध र जनअान्दाेलन काे)फ्युजन कार्यनवयन गर्ने अवस्था सृजना भयाे।त्यसले पैदा गरेकाे भाव भुमिमा ऐतिहासिक जन अान्दोलन भयाे।जनयुद्ध र जन अान्दाेलन काे सफलता पछि नयाँ नेपाल निर्माण काे बिजाराेपण भयाे ,राजतन्त्र निलम्बन भयाे र प्रधानमन्त्री राष्ट्र प्रमुख भए।
यहि गतिका साथ प्रथम संविधानसभा चुनाव सम्पन्न भयाे।सविधानसभा ले केही काम गरे पनि पुर्ण संविधान दिन नक्दा दाेस्राे संविधानसभा चुनाव भयाे र नेपाली समाजका अाधारभुत अन्तरविराेध हल गर्ने संविधान निर्माण भई अाजैका दिन जारि भयाे।शिक्षा,स्वास्थ्य ,अावास,खाद्य,लागाएत जनताकाे माैलिक का रुपमा,राज्यमा समानता र समावेशिमुलक प्रतिनिधित्व ,धर्म निरपेक्षता सहित संघिय गणतन्त्रकाे व्यवस्था गर्याे नयाँ संविधान ले।
तर याे ऐतिहासिक परिवर्तन लाई एकथरि मान्छे अाफ्नाे पैत्रिक सम्पति जफत भएकाे अनुभुती गरेर विराेध गर्दैन भने अर्का थरि अतिवादी ले केही पनि नभएकाे,बलीदानि खेर गएकाे र प्रचण्डले गद्दारि गरेकाे अाराेप लगाउदै पल्तिर अलग्ग बसेकाछन्।याे दृष्टिकोणले क्रान्ति भनेकाे निरन्तर वलिदानि भन्ने बुझ्दछ र उपलब्धि लाई बचाउदै थप उपलब्धि हासिल गर्ने कुरा ईन्कार गर्छ।क्रान्तिकारी दर्शन लाई वेदका ऋचाकाे रुपमा बुझेकाे दृष्टिकोणले याे ऐतिहासिक उपलब्धिलाई पुलिस चाैकिमा ठाडाे उजुरि बाट प्राप्त भएकाे रुपमा बुझ्छ र परिवर्तनकाे मुल नेतृत्व लाई बदनाम गर्ने र भ्रम पैदा गर्ने टेण्डर नै पाए झैं गर्दैछ।
जसले जे भने पनि याे युगान्तकारी परिवर्तन नेपाली जनताकाे निरन्तर संघर्ष,अान्दाेलन,बिद्राेह र बलिदानि सहितकाे महान जनयुद्ध काे उपलब्धि हाे।याे शताब्दीमा विश्वकै नयाँ उदाहरण पनि हाे।जनयुद्ध र जन अान्दाेलन लाई जाेडेर संघर्ष गरि जनताकाे मत द्वारा राजतन्त्र विस्थापित गरि गणतन्त्र स्थापना गरेकाे देश पहिलाे देश हाे नेपाल र उदाहरणीय नेता हुन नेपालका।
याे उपलब्धि काे रक्षा गर्नु,बिकास गर्नु,जनमुखि बनाउनु र समाजवाद उन्मुख बनाउनु परिवर्तनका पक्षधर सबैकाे जिम्मेवारी हाे।अपुर्णता लाई पुर्णता दिने र प्रयाेगमा असजिलाे भए फेरबदल गर्ने अधिकार पनि किटान छन् यसलाई अाफ्नाे पुंजि बनाउँ!
यहि हार्दिक शुभकामना छ सम्पुर्ण नेपाली लाई संविधान दिवस २०७५ काे शुखद उपलक्ष्यमा!!!

लेखक कालीवहादुर मल्ल ( राष्टिय सभा सदस्या )





error: Content is protected !!