डोल्पा डायरी विशेष खवरका साथमा सुकमाया थापाको रिर्पोट ः विद्युत नहर मर्मत देखि फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण सम्म

फरक क्षमता भएका बालबालिकाहरुलाइ सामग्री दिईयो
ः ध्रुवतारा आधारभुत विद्यालय अन्तर्गत रहेको अपांग स्रोत कक्षामा अध्ययनरत फरक क्षमता भएका बालबालिकाहरुलाई बेल्ट र चप्पल वितरण गरीएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाइ डोल्पा अन्तर्गत इजिआरपीमा कार्यरत रणबहादुर कार्की र जगदुल्ला गाउँपालिका वडा नं १ का मछिन्द्र बढुवालले आफ्नो ब्यक्तिगत खर्चबाट खरिद गरी ती फरक क्षमता भएका १५ जना बालबलिकालाइ शनिबार बेल्ट र चप्पल वितरण गरेका हुन् ।
पहिरोले भत्काएको विधुतको नहर निर्माण कार्य हुदै
पहिरो आएर भत्किएको जैरिगाड जलविद्युत योजनाको नहर बिहिबार देखि निर्माण कार्य सुरु भएको छ । भदौ १९ गते मंगलबार राती पहिरोले नहर भत्काउदा विद्युत सेवा अबरुद्ध भएको थियो ।
जैरी गाडको खोला नजिकै रहेको नहर देखि माथी बाट आएको पहिरोले करिव ४० मिटर जती नहर भत्किएको थियो । नहर धेरै भत्किएकोले निर्माण गर्न कठिन भएकाले ढिलाइ हुन गएको आयोजनाले बताएको छ । भत्किएको नहर निर्माणका लागि भदौ २८ बाट नेपाल सेना, नेपाल प्रहरी, जनप्रतिनिधी, स्थानीय जनता, कर्मचारी लगाएतले श्रमदानमा काम सुरु भएको छ । पहिरोले परेको नहरको बालुवा निकाली सकेको र फलामको पेनस्टक पाइपलाई किचेको ठुलो ढुङ्गा फोर्ने काम जारी रहेको छ ।

पहिरो गएपछि विद्युत प्राधिकरण क्षत्रिय कार्यालयबाट प्राविधिक टोलीआएर स्थलगत अवलोकन गरेको छ । स्थायी रुपमा बत्ती सञ्चालन गर्न बाल्नका टेन्डर प्रक्रिया सुरु हुँने बताएको छ । अहिले तत्काल प्लास्टिकका पाईप राखेर वैकल्पिक रुपमा वत्ती वाल्ने काम सुरु गरिएको ठुलीभेरी नगरपालिका ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले जानकारी दिनुभयो ।

नरह देखि माथीको जमिन निकै कम्जो भएकाले थप समस्य आएको स्थानीय टिकादत्त न्यौपानेले बताउनुभयो ।
शनिबारको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायव उपरीक्षक अबदेश विष्ट, नेपाली सेनाका सेनानी, जनप्रतिनिधी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, स्थानीय, पत्रकारले आयोजनाको अवस्था वुझेका छन् ।










