अव पढाउने होईन् , सिकाउने पो हो ?

सुकमाया थापा

डोल्पा , एक महान आत्मले भनेको थिए , तिमी कति पढेका छौ म सोधिन , तर तिमी कति घुमेका छौ त्यो सोध्छु  , सायद ति आत्मले पढ्नु भन्दा पनि घुमेर अनुभव संगाल्दा क्रियाकलाप मुखी भएर काम गर्दा वढी वुझिने भएर त्यसो भनेको हुनुपर्छ । आज डोल्पामा पनि अव पढाउने होईन , सिकाउने काममा हाम्रो शिक्षक केन्द्रीत हुनुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । विभिन्न सरोकारवाला निकायको उपस्थिती रहेको कार्यक्रममा अव शिक्षकको काम पढाउने भन्दा सिकाउने काम महत्वपुर्ण भएको भन्दै मासको ध्यान केन्द्रीत गरेका थिए । राष्ट्रिय  बाल दिवस को अवसरमा आयोजित कार्यक्रममा वोल्दै रणबहादुर कार्कीले माथि उल्लेखित शव्दहरु प्रयोग गर्नुभएको थियो ।

त्यस्तै उहाँले कार्यक्रममा गणीत विषयका शैक्षिक सामग्री समेत वितरण गर्नुभएको थियो ।  कार्यक्रममा सरस्वती माध्यामीक विद्यालय दुनै ,बाल मन्दिर अधारभुत विद्यालय दुनै र दुनै वोडिङका  विद्यार्थीले आफ्ना  विभिन्न साँस्कृतीक प्रस्तुतीहरु देखाएका थिए । सरस्वती मावि दुनै ,बाल मन्दिर आधारभुत विद्यालय दुनै, दुनै बोडिङ्ग स्कुलका छात्रछात्रले म्युजिकल चियरमा सहभागि भए । उक्त म्यूजिकल चियर प्रतियोगीताबाट ,दुनै बोडिङ्ग स्कुलका छात्र नेत्रराज रोकाय प्रथम ,सरस्वती माविका छात्र ज्ञानेन्द्रबहादुर केसी दोस्रो , बोडिङ्गकै ५ छात्र प्रकाश रोकाय तेस्रो हासिल गरी पुरुषकार हात पारेका थिए ।

कार्यक्रममा बाल अधिकारका बिषयमा चर्चा गर्दै शिक्षा तथा समन्वय इकाइ डोल्पाका ईकाइ प्रमुख सिंहराज डाँगीले गुणस्तरिय शिक्षाको कुरामा जोड दिदै दुर्गम क्षत्रमा पनि सवैले साथ , सहयोग गरेमा शैक्षिक उन्नयन हुँने बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले डोल्पा जिल्लाका शैक्षीक गुणस्तर र दक्ष जनशक्ति उत्पादनको लागि सवै सरोकारवाला निकाय एकै स्वारमा लागनुपर्ने बताउनुभयो ।





error: Content is protected !!