वडा अध्यक्षको पहलमा स्थानीयले सडक सुचारु गरे

इन्द्रवहादुर बुढाथोकी
सल्यान ः सल्यान खलंगा हुँदै साल्चौर निगाल्चुला जोडने सडक वडा अध्यक्ष गोविन्द डाङ्गी लगाएत अन्य जनप्रतिनिधि, वडाका कर्मचारी, व्यापारी र स्थानीयको श्रमदान गरेर सडक सन्चालनमा ल्याएका छन ।
वर्षायामले क्षेद विच्छेद भएको सडक माथी बाट आएका पहिरो हरु वडा अध्यक्षको पहलमा सम्पुर्णले जन श्रमदान गरेर सडक पुर्ण रूपमा सन्चालन ल्याएको वडा अध्यक्ष गोविन्द डाङ्गिले जानकारी दिनु भएको छ ।
बनगाड कुपिण्डे नगरपालिका १२ न वडामा पर्ने निगाल्चुला अहिले सम्म पनि नगरपालिकाको केन्द्र संग सडक सन्जालले जोडिएको छैन । उता नगरपालिका जेसिबी भने बिग्रेर थन्किएको छ । भने बनगाड कुपिण्डे नगरपालिका १२ वटा वडामा अहिले वर्षाका कारण सडक अवरुद्ध छन ।










