जाजरकोटको कालीमाटीमा खाद्य संस्थानको अस्थायी डिपो थपियो

जाजरकोट , वाढी , पहिरोबाट थिलो ,थिलो भएको नलगाड नगरपालिमा नेपाल खाद्य संस्थानको अस्थायी खाद्य डिपो स्थापना हुँने भएको छ । मन्त्री स्तरिय निर्णय बाट भदौ २५ गते कालीमटीमा अस्थायी डिपो राख्ने निर्णय भएको राष्टियसभा सदस्य कालीवहादुर मल्लले भेरीखवरलाई जानकारी दिनुभयो ।

तत्काल १ हजार क्वीन्टल चामल कालीमटीमा व्यववस्था गर्न तत्काल निर्णय भए लगत्तै संस्थान त्यो अभियानमा जुटेको छ । गत सावनमा आएको वाढीले नलगाडमा व्यापक क्षति गराएपछि यहाँ समस्य परेको भन्दै खाद्यान्न अपुर्तीका लागि डिपो स्थापना गर्न लागिएको हो । यत्ता नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलले निकै ठुलो अर्थक प्रयास पछि काम सम्पन्न भएको बताउनुभयो । प्रभावित क्षत्रका जनताका लागि थप व्यवस्था गरिने प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिनुभयो ।

 





error: Content is protected !!