पुग्याे जगदुलामा बैंक

जाजरकोट : डाेल्पाकाे जगदुला गाउँपालिकामा नेपाल बैंक काे शाखा स्थापना गरिएकाे छ ।

जिल्लाकाे दुर्गम ठाउँ रहेकाे जगदुलामा बैंक स्थापना सगै यहाँका स्थानीय हरु दुनै अाएर सेवा लिने कार्य राेकिएकाे छ । बैंक काे प्रदेश सांसद वीरवहादुर शाहीले उद्घाटन गर्नुभएकाे हाे । अब हप्ता दिन लगाएर बैंककाे सेवा लिन दुनैकाे मुख ताक्नु पर्ने वाध्यता हटेकाे गाउँपालिकाका अध्यक्ष नागासिह राेकायले बताउनुभयाे ।

गाउँ ,घरमै सेवा पाउँदा खुसि भएकाे उपाध्यक्ष अमृता लामाले बताउनुभयाे । त्यस्तै सांसद शाहीले वजेट ल्याएर डाेल्पामा अावश्यकता पुर्ति गर्ने याेजना अनुसार काम गरेकाे बताउनुभयाे । अहिले पहिराेले वनाएकाे क्षतिका विषयमा स्थलगत अनुगमन र अध्यायन काम गाउँमै गएर भएकाे शाहीले बताउनुभयाे ।

अावश्यकताका अाधारमा याेजना छनाेट भएकाे उहाँले बताउनुभयाे ।





error: Content is protected !!