अव जनताले कस्को आश गर्ने नेता -सिंह

सन्जय केसी
जाजरकोट , प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नेपाली प्रेसले महत्वपुर्ण भुमिका खेल्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्या प्रकाशमान सिंहले बताए ।
पहिलो संविधान सभामा वामपन्थीको वहुमत भएपनि संविधान जारी गर्न नसकेको आरोप लगाउदै उहाँले दोस्रो संविधान सभामा कांग्रेसको नेतृत्वमा मात्र संविधान जारी भएको बताए । देशमा अहिले भएका विभिन्न खालका घटनाहरु नियन्त्रण गर्न नसक्ने वाम सरकारले जनताको पक्षमा काम गर्न नसक्ने स्पष्ठ भएको सिंहको आरोप छ । संसारमै लोप भएको साम्यावादी व्यवस्था नेपालमा ल्याउन खोजेको भन्दै यो नेपालमा सम्भव नभएको समेत दावी गरे ।
जनता माथी बाम सरकारले दमन गरेको आरोप लगाउदै उहाँले अव न्याय माग्न जनता कहाँ जाँने भन्ने प्रश्न खडा भएको उनको आरोप थियो । नेपाल प्रेस यूनियान जाजरकोट पाँचौ जिल्ला अधिवेशन लाई सम्वोधन गदै उनले यस्तो आरोप लगाउनुभएको हो । न्यायका लागि जनता अव कसको भर पर्ने , जहाँ राज्यबाट नै जनता सुरक्षित छैन् भने उनले प्रश्न गरे ।
त्यस्तै कांग्रेसका अर्का नेता हृदयराम थानीले लोकतन्त्रको रक्षाका लागि कांग्रेस लडिरहेको बताए । दलको सिट संख्य कम भएपनि लोकतन्त्रका लागि भुमिका भने महत्वपुर्ण भएको बताए । त्यस्र्तै कार्यक्रममा नेपाल प्रेस यूनियानका महासचिव अजयवावु सिवाकोटी लगाएतले सम्वोधन गनुभएको थियो ।





error: Content is protected !!