करोडौँ बजेटको नासो बोकेर सांसद शाही गृह जिल्ला पुगे

डोल्पा ः प्रदेशसभा सांसद बीरबहादुर शाही करोडौँ बजेटको नासो सहित गृह जिल्ला डोल्पा पुगेका छन् ।
भदौ १९ गते डोल्पा पुगेका सांसद शाहीले आव ०७५÷०७६ का लागि संघ र प्रदेशबाट २० करोडको हाराहारीमा बजेट हालेको बताएका छन् ।
“यो आवको बजेटमा आफ्नो क्षेत्रको शिक्षा,स्वास्थ्य,यातायात,पर्यटन सबै क्षेत्रलाई प्राथामिकता राखेर बजेट बिनियोजन भएको छ” शाहीले भने ।
“शर्मी–काईगँउ मोटरबाटोकालागि ३ करोड,चुँ गाड–लिकु हुँदै बलाङ्ग्रासम्म मोटरबाटो निर्माणकालागि १ करोड,जगदुल्ला गाँउपालिकामा हाईटेक नर्सरी निर्माणकालागि १ करोड,सोही गाँउपालिकामा चौरी पालनकालागि ५० लाख बजेट प्रदेश सरकाले बिनियोजन गरेको छ” शाहीले भने ।
“बजेट छुट्याउने कुरामा कमीहुन दिएका छैनौ,त्यसमा तत्कालिन एमालेबाट प्रदेशभामा प्रतिनिधित्व गर्नु भएकी समानुपातिक सांसद बदमी क्वारी बुढाको पनि उत्तिकै हात छ”शाहीले भने ।
स्वास्थ क्षेत्रमा १ करोड बराबर बजेट छ,पर्यटनमा ४ करोड बजेट छ,शिक्षामा १ करोड छ,हाईड्रो पावरमा ५ करोड बजेट बिनियोजन भएको बताईएको छ ।
“त्रिवेणी–काईगँउ सडकलाई प्रदेश सरकारले गौरवको आयोजनामा सुचिकृत गरेको छ,जुम्ला–त्रिपुराकोट सडक पनि प्रदेश सरकारको गौरवको आयोजनामै परेको छ यो कुरा डोल्पालीका जनताकालगि खुशीको कुरा हो” शाहीले भने ।
त्यसैगरि काईगँउ फोक्सुन्डो हुँदै क्याटो नाकासम्मको बाटो पनि केन्द्र सरकारको प्राथमिकतामा परेको बताईएको छ ।
“करोडाँैको बजेटको नासो ल्याएर आएको छु,तपाईहरुले बजेटको सहि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास छ जनतालाई भने,अहिले बजेटको बारेमा जानकारी दिन आएको छु,फेरी पनि बजेटको कार्यन्वयन कसरी भयो भएन त्यो पनिहेर्न आउँछु” सांसद शाहीले जनतासँग भने ।
“भ्रष्टाचारको शुन्य पार्दै जानुपर्छ म आँउदा बिकास बजेटमा भ्रष्टाचार अनियमितता गरेको पाईएपछि राम्रोहुने छैन”भेटका क्रममा पुगेका जनता र जनप्रतिनिधिलाई शाहीले भने ।
त्यसैगरि यसै पटक बर्षातको समयमा बाढी पहिरो लगाएत प्राकृतिक प्रकोपबाट पिडित जनताको अवस्था बुझ्ने र उनीहरुकालाई क्षतीपुर्तीकालागि प्रदेश सरकालाई पहल गर्ने बताईएको छ ।
हामिले भागबण्डालगाउने गरि बजेट भित्रयाएका छैनौ,जुन ठाँउमा जे आवाश्यक्ता छ सोही अनुरुपमात्रै बिकास पारेका छौँ”शाहीले भने ।
आफ्नो क्षेत्रमा तीन वटा स्थानीय तह र ३५ वटा वडा छन्,स्थानीय तथ वडा सरकार प्रमुखहरुलाई भेटेर आफ्नो क्षेत्रमा सक्दो बिकास गर्न र विकासमा पारदर्शीता ल्याउन आग्रहगर्ने कार्यक्रम रहेको शाहीले बताए ।
बिशेष गरेर शिक्षा,स्वास्थ,यातायात क्षेत्रको बिकासमा जोडदिन जनप्रतिनिधिहरुलाई सुझाएको शाहीले बताए ।
“आफ्नो अर्काको नभनेर काम गर्नुस,बिपक्षि पार्टी भनेर कहिल्यै पनि जनतालाई बायस गर्ने काम नर्गुहोला,जनप्रतिनिधिकालागि सबै जनता बराबर हुन्छन्”भेटका क्रममा जनप्रतिनिधिहरुलाई शाहीले भने ।
“डोल्पाको विकासमा ईटा थप्न सांसद भएको हुँ,जनताको सुख दुखमा साथ दिनु आफ्नो दायित्व सम्झेको छु” शाहीले भने ।
शाही प्रदेश क्षेत्र नं ख मा बामगठबन्धनबाट बिजय भएका थिए ।





error: Content is protected !!