अब उपभोक्ता समिति नहुने , श्रम सहकारीद्वारा काम

डिल्लीबहादुर खत्री
रुकुम ः रुकुम पश्चिममा उपभोक्ता समितिले गर्ने बिकास निर्माणका कामहरु अब श्रम सहकारी संघबाट हुने भएका छन् ।
बिकासे बजेट फ्रिज हुन् नदिन श्रम सहकारीबाट बिकास निर्माण गर्न लागिएको हो । जिल्ला समन्वय समिति बैठकको निर्णय अनुसार सबै स्थानीय तहमा श्रम सहकारी संघ गठन गर्न निर्देशन गरिएको बताइएको छ । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माका अनुसार आम सहकारीको नियम अनुसार प्रत्येक वडा र पालिका स्तरीय श्रम सहकारी संघ गठन गरिनेछ ।

उनका अनुसार बर्षेणी करोडौं बजेट फ्रिज हुने भएकोले उक्त बजेटलाई फ्रिज हुन् नदिन श्रम सहकारीबाट काम गर्न थालिएको हो । आफ्नै जनशक्ति , श्रम , आम जनताको सहभागी भई वडा तथा गाउँको बिकास छिटो छरितो हुने नै बजेट फ्रिज नहुने आधार भएको उनको भनाइ छ । प्रमुख शर्माले भने यो श्रम बैंक पनि हो । सहकारी सदस्यको शेयर लगानी , सामुहिक श्रम , रोजगार हुने भएकोले यो श्रम बैंक हो उनले भने जागिर मात्रै रोजगार हो भन्ने जुन भ्रम छ त्यसलाई हटाई काम गर्नु नै रोजगार हो भन्ने सोचको थालनी गर्न , राज्यले श्रम सहकारी मार्फत जनतालाई श्रम बनाई श्रमको मुल्य दिन्छौं । प्रमुख शर्माका अनुसार श्रम सहकारीले दक्ष जनशक्ति निर्माण गर्नको विभिन्न तालिमहरु पनि सञ्चालन गर्नेछ । चौरजहारी नगरपालिका वडा न ११ का स्थानीय चुडामणि केसीका अनुसार यो राम्रो काम भएपनि कार्यन्वयन पक्ष नै प्रमुख हो ।
उनले भने निर्णय गर्ने र प्रचार गर्ने तर कार्यन्वयन पक्ष कमजोर हुने परिपाटी छ त्यस्तो नभएर यो श्रम सहकारी गठन गर्ने निर्णय साच्चिकै जनस्तरसम्म कार्यन्वयनमा आउने हो भने रुकुम जिल्लाबाट नयाँ कामको थालनी हुन्छ । जिल्ला र स्थानीय पालिकाको निर्णय अनुसार श्रम सहकारी संघ गठन गर्न सुरु गरेको वडा कार्यालयहरुले बताएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!