रुकुममा जिप दुर्घटना तीनजना घाइते

रुकुम, रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११, मा जिप दुर्घटना भएको छ। आठविसकोटबाट जाजरकोट रिम्नाका लागि छुटेको ज१ग ६०४० नम्बरको जिप आठबिसको नगरपालिका ११, भेरी खोर भन्ने ठाउँमा दुर्घटना भएको हो। जिप दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइते हुनेहरुमा सानी गाउँपालिका ४ की निशा चन्द, आठबिसकोट नगरपालिका ८ का टीकाराम विक र आठबिसकोट नगरपालिका १४ की सिन्धु मल्ल रहेको बताइएको छ। जिपमा ९ जना यात्रु सवार थिए। घाइतेहरुको श्रीनगर मोडेल हस्पिटल राडीमा उपचार भइरहेको छ। तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ।










