बर्षाले घर भत्काउदा ४ लाखको क्षेती

सुकमाया थापा , डोल्पा
त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ डाँडागाउँ रसीमा एक घर भत्कदा ४ लाख बराबरको धनमालको क्षति भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ डाँडागाउँ रसीका नामकाङ बैजीको ८ कोठे घर आइतबार राति भत्कदा अन्दाजि ४ लाख बराबरको धनमाल क्षति भएको छ । आइतबार राति करीब ११ बजेतिर ८ कोठाको ३ तले उक्त घर भत्केको हो ।
माटोको छाना भएको ३ तले उक्त घर भत्केपछि घरभित्र भएका सम्पुर्ण सामानहरु पुरीएका छन् । घरमा रहेको चिनु ३ क्वीन्टल, फापर २ क्वीन्टल, मकै साडे १ क्वीन्टल खाद्य चामल ६ क्वीन्टल र लत्ता कपडा भाँडा कुडा सबै पुरेपछि घर बाहेक ४ लाख बराबर धनमालको क्षति भएको पिडत नामकाङ बैजीले बताउनुभयो ।
यतिबेला स्थानीयहरु सबै आलु संकलनका लागि लेखतिर गएका कारण मानवीय क्षति नभएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!