पालको कटेरोमा ट्राफिक प्रहरी , नाँकले सुघेर मापसे जाँच

जाजरकोट । दिनभरि सडकको  ड्यूटी, साझ पालमुनिको  टिनको कटे रो को  बास ट्राफिक प्रहरीहरुको  दै निकी नै  हो   । चिसोयाम देखि , गर्मीमा अनि वर्षाको समयमा किन नहोस टिनको कटेरो भित्र जाजरकोटका ट्राफिक प्रहरीले विताउँनु पर्छ ।

झट्ट हेर्दा डिउटीमा वस्ने सामान्य खालको जाँच कक्ष जस्तो देखिएपनि ४ जना ट्राफिक प्रहरी वस्ने ठाउँ हो त्यो । पानी चुहिदा पालमा ओत लगाएको पोष्ट टिनको कटेरो भित्र ट्राफिक प्रहरीको वास २०७० साल देखि हुँदै आएको छ । पोष्ट भन्दा माथी पहिरो आएर सडक पुरिएको छ भने तल पनि सडक भाँसिएको छ । त्रासका कारण रात भर निन्दा नै नलागेपनि वास वस्नु र डिउटी गर्नु वाध्यता भएको हवलदार प्रेमवहादुर शाहीले बताए ।

संरचना अभावका कारण ट्राफिक कार्यसम्पादन निकै  चुनौ तीपूर्ण रहे को  शाहीले भने । भौ तिक पूर्वाधारको अभावका कारण सबै  कर्मचारी जंगल छेउको टिनको कटेरोमा बस्दै , रातको  समयमा धे रै  कर्मचारी कार्यालयमा बस् न नसक्ने  स् िथति रहे को  बताए । स्थापना कालदेखि नयाँ संरचना निर्माणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले  प्राथमिकता पाउन नसक्दा ट्राफिक प्रहरीहरु पालमुनि बस् नुपर्ने  बाध्यता भएको  हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटमा भौ तिक संरचनाको  मात्रै  अभाव हो इन, जिल्लाको यातायात चाप अनुसार जनशक्ति पनि चरम अभाव छ । नत कार्यालयमा सवारी साधन छ । नत कार्यालयमा भवन दैनिक नीजि सवारी साधन मागेर काम चलाउन बाध्य भएको जिल्ला ट्राफिक कार्यालय जाजरकोटले जनाएको छ ।

मापसे  जाँच गर्ने  ब्रे थलाइजर मे शिन देखि ट्राफिक प्रहरीका लागि आवश्यक पर्ने  म्याजिक लाइट, ट्राफिक को ण, अभाव रहे को  जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मध्यपश्चिम क्षेत्रिय कार्यालय ट्राफिक नेपालगञ्जका प्रहरी एसपी जनक राज पाण्डेका अनुसार हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरको लाई जिल्ला प्रहरी कार्यालयको मातहतमा सञ्चालन गरिएको अस्थाइ ट्राफिक पोष्ट जाजरकोट र मुगु भएकोले दरबन्दी र आवश्यक भवन निर्माणको लागि जोड दिने बताए ।
पाण्डेका अनुसार जनशक्ति अभाव भएका कारण काजमा खटिएका ट्राफिक प्रहरी लाई कर्णाली प्रदेश प्रहरी कार्यालयले फिर्ताको लागी चिठि पठाइसकेकोले आवश्यक जनशक्तिको ब्यवस्थापन गर्ने बताए । यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका नि.कार्यालय प्रमुख लोक बहादुर बिष्टका अनुसार भवनको लागि सिफारीस भएको आवश्यक सामग्री माग गरिएको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!