विरामीलाई निशुल्क खाजा वितरण

 लेख बुढा,डोल्पा । डोल्पाका एक यूवाले चार बर्ष पछीे सरस्वती माध्यामीक विद्यालय दुनैमा सन्चालनमा भएको निशुल्क मोतीविन्दु शल्याक्रिया शिविरमा सहभागिहरुलाई आईतबार चिया विस्कुट वितरण गरेका छन् ।
ठुलीभेरी नगरपालीका वडा नं. ४ तिप्लाका ३३ बर्षाका यूवा अर्जुन बुढाले आईतबार विहान उक्त शिविरमा सहभागीहरुलाई २ सय कप चिया र २ सय पिस् बिस्कुट वितरण गर्नु भएको हो । उक्त शिविरमा डोल्पा जिल्लाका विभिन्न ८ स्थानीय तहहरुबाट मोती विन्दु शल्यक्रियाको लागि विरामीहरु उपस्थीत भएका छन ।
थोेरै भएपनी उक्त शिविरमा सहभागी बृद्धबृद्धाहरुलाई र विरामी कुरुवाहरुलाई उक्त चिया विस्कुट वितरण गरेको यूवा अर्जुन बुढाले बताउनु भएको छ । पछिल्लो समयमा सामाजिक काम र समाज सेवामा निकै चासो राख्ने यूवा सदरमुकाम दुनैमा होटल व्यावसाय सगैँ, कृर्षि पेसा फलफुल खेतीमा पनि चासो देखाउदै आउनु भएको छ । आफ्नो सवैभन्दा पहिलो उदेश्य फलफुल खेती रहेको बताउनु उहाँको भनाई छ ।

खुबलाग्ना भन्ने ठाउँको आफ्नो स्याउ फर्ममा केहि स्याउँका विरुवा उत्पादन भैसकेको र आवको एक बर्ष भित्र १ हजार स्याउँका विरुवा लगाउने उदेश्य रहेको उहाँले बताउनु भएको छ । डोल्पाका यूवाहरु पछिल्लो समयमा समाज सेवा र कृर्षि पेशामा सक्रियता वढ्दै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!