बनगाड कुपिण्डे देवस्थल कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी

इन्द्र बुढाथोकी सल्यान । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलमा रहेको श्री कृष्ण मन्दिरमा पनि आज श्रीकृष्ण जन्माष्टमी अवसरमा मेला लागेछ ।
सधैका वर्ष जस्तै यस वर्षमा पनि विभिन्न ठाउँहरुबाट बिहान देखि नै व्रत बसेर स्रदालु भक्तजनको यस मन्दिरमा पुजापाठ गर्न बिहानै देखि दिनभरि घुइँचो लागेको छ । यस श्रीकृष्ण मन्दिरमा पुजापाठ गर्नेको लागि बनगाड कुपिण्डे नगरपालिका , सुर्खेतको सिम्तागाउपालिका , जाजरकोट लगाए मानिसहरू आएर पुजापाठ गर्ने गर्दछन । पहिलेको वर्ष भन्दा अहिले विस्तारै मेला हेर्न आउने मान्छेहरु कम हुँदै जादा मेलाको रौनक अलि फरक भएको पाइन्छ ।
मेलाको अवसरमा श्री जनकल्याण युवा क्लब सल्लीबजारले फुटबल खेलको आयोजना गरेको छ । उक्त खेल बनगाड कुपिण्डे नगरपालिका वडा न १ को वडा अध्यक्ष शान्त कुमार यरिले उद्घाटन गर्ने भएको थियो । खेल उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष यरिले अब फुटबल खेल यसरी नगरपालिका सबै वडामा खेल मैदानको व्यवस्था गर्न आफुले सक्दो पहल गर्ने बताउनु भएको छ ।
फुटबलमा प्रथम र द्धितिय हुने खेलाडीलाइ क्रमश ५० हजार र ३० हजार, मेडल, कप, र प्रमाणपत्र सहित पुरस्कारको पनि व्यवस्था गरिएको अध्यक्ष सन्देश यरिले जानकारी दिएका छन । जम्मा १६ वटा टिमले खेलमा भाग लिएका छन ।










