जहा एक बिद्यालयका बिद्याथिले जन्मदिन प्रर्दा विरुवा रोप्ने गर्दछन

दिलमाया शाही
जुम्ला ः एशिया इन्टरनेश्नल मोडेल अंग्रेजी बिद्यालयमा प्रत्येक बिद्यार्थीको जन्म दिन पर्दा बिरुवा रोप्ने गरिएको पाईएको छ । जुम्लाको वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभाव कम गर्न जन्म दिनको अवसरमा बिद्यार्थीलाई बिरुवा रोप्ने संस्कार बसालिएको हो। जन्मदिनको अवसरमा खुशीले केक काट्ने शुभकामना ब्यक्त गर्ने , परम्परा रही आएको छ ,। जन्म दिनको अवसरमा कुनै पनि ब्यक्तिले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस भन्ने उद्देश्य र कामना ब्यक्त गर्नु आफैँमा राम्रो पक्ष हो, तर हाम्रो समाजमा यसलाई निकै खर्चिलो र भट्किलो बनाईदै आएको पाइन्छ, ।
बालबालिकालाई गुणस्तर शिक्षादिने उद्देश्ले स्थापना एको एशिया इन्टरनेश्नल मोडेल ईङ्लीस विद्यालयमा फरक तरिकाबाट जन्म दिन मनाउने गरिएको छ । यस बिद्यालयले सुरु गरेको कार्यको प्रभाव शहरी क्षेत्रमा मात्र नभएर गाउँमा पसेको छ । जन्म दिन मनाउनको लागि शहरम मात्र होईन, गाउमा पनि आवश्यक भन्दा बढि खर्चिलो गरिने प्रचलन बढेको छ ।
यस बिद्यालयले भने ,महंगो खर्च र अनउत्पादनक कामलाई छिचौल्दै वालवालिकालाई आफ्नो जन्म दिन परेमा विरुवा रोप्ने अभियान शुरु गरेको छ । यहा अध्यायनरत्त बालबालिकाले आफ्नो जन्मदिनको अवसरमा एक विरुवा घरमा र अर्को विरुवा विद्यालयमा रोप्ने गरेका बताएका छन । त्यस्तै कक्षा ७ मा अध्ययनरत छात्रा रीता पछाइले आफ्नो १३ औँ जन्मदिनको अवसरमा धुपीको बिरुवा रोपेर सबैलाई वातावरण संरक्षण गर्न सन्देश दिनु भएको छ ।
हजारौँ रुपैयाँ खर्च गरेर मात्र जन्मदिन मनाउन सक्छन भन्ने मानसिकतालाई निरुत्साहित गर्न र मानव गतिविधिकै कारण वातावरणमा परेको नकारात्मक प्रभाव कम गर्न बिरुवा रोपिएको एम्स स्कूलका संस्थापक मनोज बुढाथोकी मगरले बताउनुभयो। उहाले भन्न्ुभयो, विद्यालयले गरेको यो कार्यले सवै बालबालिकाका अभिभावकहरुलाई चेत गराएको छ ।सभ्य संस्कारको जननी समाज हो, सुसंस्कार सिकाउने समाजभित्र कुनै एक परिवार मात्र नभई त्यस अपेक्षित भूमिका राख्ने एउटा अंग विद्यालय पनि हो, जसले सही संस्कृति, संस्कार, सभ्यता, ज्ञान, सीप र अवधारणा विक्षा रोपण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने स्कूलका संस्थापक बुढाथोकी मगरको भनाइछ।
।त्यस्तै स्कूलका प्रधानाध्यापक चन्द्रबहादुर महतले भन्नुभयो विद्यार्थीले रुख रोपेर मानव, वन र वातावरणबीच अन्योन्याश्रित सम्बन्ध छ भन्ने महत्व दर्शाएको छ। उहाले भन्नुभयो , जुम्लाका ३० हजार स्कुले बालवालिकाले जन्मदिनमा एक एक विरुवा रोपेमा मात्रै बर्षेनी ३० हजार विरुवा रोपिने अनुमान छ ।
यो सन्देश अहिले विद्यालयका सवै वालवालिकाले जानकारी पाएपछि आफ्नो जन्मदिनमा विरुवा रोप्नुपर्ने भन्दै अभिभावकलाई तताउने गरेका छन ,भने सोही अनुसार विरुवा रोप्ने क्रम जारी रहेको छ । हाल ८८० बालबालिका अध्यायनरत्त रहेको यो विद्यालयमा सवैको जन्म दिनमा विरुवा रोपिएमा एक बर्षमा विद्यालय नै हरियाली हुने सम्भावना देखिन्छ।










