काठेपुलले ल्यायो छिर्कमा खुसी

जाजरकोट । विहान काममा गएको आफन्त वेलुका घर फर्कन्छन् , कि फर्कदैन्न भन्ने चिन्ताबाट यहाँका छिर्कबासीले मुक्ति पाएका छन् । वर्षौ देखि खोलामा पुल निर्माण नहुदा बाढीको संकट भोगीरहेको जुनिचाँदे गाउँपालिका वडा न ६ र्छिकका स्थानीयहरु खोलामा पुल निर्माण पछि चिन्ता हटेको हो ।
पटक , पटक पिडा भोग्दै आएका छिर्कबासीहरु स्थानीय छिर्क खोलामा ३ वटा पुल निर्माण संगै ढुक्कका साथ काम गर्न पाएका छन् । खोलामा पुल निर्माण संगै यहाँका स्थानीयको बाटो तीन घण्टा छोटिएको छ ।
जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले जुनिचाँदे गाउँपालिकाको अति दुर्गम छिर्कमा स्थलगत अनुगमन गरि हाल ३ ओटा पुल निर्माण गरिएको थप दिर्घकालीन योजनाको लागि प्रदेश सरकार संग समन्वय गरेर अगाडि बढने बताए ।
छिर्क यहाँको सवै भन्दा दुर्गम गाउँ हो । वर्षायाममा पुलको अभावमा यहाँका स्थानीयहरु आफन्त , इष्टमित्र समेत भेटघाट गर्न पाउँने अवस्था थिएन् , स्थानीय जयराम पुनले बताए । विद्यार्थीहरु विद्यालय जाँन बाट बन्चित हुँदै आएका थिए । पुल निर्माणले सवै कुरा हल गरेको पुनको भनाई छ ।










