खोलामा बगेर श्रीमान, श्रीमतीको मृत्यु

रुकुम ,रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका ८ दुलि दुलिखाका ५० वर्षीय अमृत घर्ती र उहाँकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो । खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पति मध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो ।

बगेको भन्दा करिब दुई सय मिटर तल उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । त्यस्तै श्रीमती तुलसाको शव भने शनिवार बिहान सात बजेतिर फेला परेको छ । खोजी गरिरहेका स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा करिब डेढ सय मिटर तल शव फेला पारेको वडा नं. ८ का वडा सदस्य भिमवहादुर बाँठाले जानकारी दिनुभयो ।

यो संगै बाँफिकोट गाउँपालिकामा मात्र यो वर्ष खोला तर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन् ।





error: Content is protected !!