निशुल्क मोतीविन्दु शल्याक्रिया आँखा शिविर

लेख बुढा 
डोल्पा ः डोल्पाका चार बर्ष पछि निशुल्क मोतिविन्दु शल्याक्रिया आखा शिविर सुरु भएको छ । यहि भाद्र १४ गते देखि १६ गते सम्मा सन्चालन हुने निशुल्क शल्याक्रिया आखाँ शिविर नेपाल रेड्क्रस सोसाईटी ,सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोग,सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोगमा र नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा डोल्पा,जुनियर यूवा रेडक्रस सर्कल सरस्वती मावि दुनैको स्थानिय आयोजनामा सञ्चालन भएको हो । उक्त शिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा उद्घाटन गरियो । निशुल्क शिविरले डोल्पा जस्तो भौगोलीक विकट्ता र दुर्गम जिल्लामा रहेका स्थानीयले सजिलै उपचार गर्न पाउने भन्दै यस्ता शिविर सदरमुकाममा मात्र नभएर तल्लो डोल्पा र उपल्लो डोल्पामा पनी संन्चालन गर्नु पर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी थापाको भनाई रहेको थियो ।
डोल्पा जिल्लामा भएको स्वास्थ समस्याका बारेमा कर्णाली प्रदेशमा प्रतिवेदन बुझाउने र आउँदा दिनहरुमा विभिन्न स्वास्थ शिविर सन्चालनको लागि कर्णाली प्रदेशको साथ सहयोग रहने सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका प्रतिनिधि रनलाल कुलालले बताउनु भएको छ । यस्ता निशुल्क शिविरहरु सन्चालन गर्दा डोल्पाली जनताले धेरै राहत पाउने पनी कुलालले बताउनु भयो ।
डोल्पा जस्तो ठाउँमा लामो समय पछी यो शिविर सन्चालन गर्न सफल भएको भन्दै आउदो असोज महिनामा नेपाल रेड्क्रस सोसाईटी डोल्पाले विभिन्न निकाय सँग सहकार्य गरेर विभिनन प्रकारका रोगहरुको निशुल्क स्वास्थ शिविर सन्चालन गर्ने योजना रहेको नेपाल रेड्क्रस सोसाईटी डोल्पाका उपसभापती लालीमान बुढाले बताउनु भएको छ । यो निशुल्क मोतीविन्दु शल्याक्रिया आँखा शिविरले करिव एक सय भन्दा बढीलाई शल्याक्रिया गर्ने उदेश्य रहेको पनी सभापती बुढाले बताउनु भएको छ ।
जिल्लाका विभिन्न ठाउँहरुमा गरिएको आखा शिविरहरुबाट मोती विन्दु भएका विरामीहरुलाई शल्याक्रिया गरिन लागीएको हो ।
विहिवार विरामीको नाम दर्ता र शल्याक्रिया गर्ने कोठा र प्राविधिक व्यवस्थापन गरिएको र शुक्रबार विहाना देखि शल्याक्रिया सुरु गरिने नेपाल रेड्क्रस डोल्पाका मन्त्री गोर्ख बहादुर बुढाले बताउनु भएको छ । बर्षादले गर्दा कम विरामी उपस्थीत हुने सम्भावना भएता पनी एक सय भन्द बढी विरामीको शल्याक्रिया गरिने उदेश्य रहेको मन्त्री बुढाले बताउनु भएको छ । विहिवारको उद्घाटन कार्यत्रममा प्रहरी नायव उपरिक्षक अबदेश विष्ट,सहसेनानी प्रकाश खड्का,डाक्टर सन्तु प्रसाद सुवेदी लागयत अन्यको उपस्थीती रहेको थियो ।










