वाढी पहिरोबाट क्षति भएकालाई विपद् व्यवस्थापन समितिले राहतको लागि गर्र्यो वर्गीकरण

जाजरकोट ः वुधबार वसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले राहत उपलव्ध गराउनका लागि क्षतिको वर्गीरकण गरेको छ । वर्गीकरण अनुसार वाढी पहिरामा परी मृत्यु भएकाका परिवारलाइ राहत १ लाख दिने र घर पहिरोले पुरेका वा खोलाले पूर्ण रूपमा बगाएका परिवारलाइ ५० हजार साथै रेडक्रसबाट त्रिपाल तथा तत्काल गुजराका सामानको प्याकेट उपलब्ध गराइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

नलगाड नगरपालिकाले वाढी , पहिरोबाट भएको क्षतिका विषयमा अध्यायन गर्न गठित कार्यदलले प्रतिवेदन वुझाएको छ ।
कार्यदलले वुझाएको प्रतिवेदन अनुसार नलगाड नगरपालिका भित्रका सवै वडामा भएको क्षतिको बिवरण संकलन गरिएको छ । सार्वजानिक गरिएको प्रतिवेदन अनुसार बाढी पहिरोबाट जोखिममा परेका परिवारको संख्य ८२ रहेको छ । विपत बाट विस्थापित परिवार संख्य ४३ , आशिंक रुपमा क्षेति भएका घरको संख्य १५ , विपतबाट पुर्ण रुपमा घरखेति क्षेति भएका परिवारको संख्य २६ रहेको छ । ३ वटा मिल , ४३ वटा पानी घट्ट वगाएको छ ।
वुधबार वसेको जिल्ला विपत व्यवस्थापन समितिको वैठकले मृतकका परिबारलाई १ लाख र क्षति भएका परिबारलाई ५० हजार उपलव्ध गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

निर्णयको पुर्ण पाठ सहित ।

 




सम्बन्धित समाचार


error: Content is protected !!