समाज बोटमै कुहिन थाल्यो सिमी

डोल्पा ः जिल्लामा निरन्तरको वर्षातले गर्दा बोटमै सिमी कुहिन थालेको छ। भदौमा पाक्ने गरी लगाइएको सिमी खेती भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि बोटमै सिमी कुहिन थालेको कृषकले बताए।

जिल्लाभित्र मात्रै नभई जिल्लाबाहिर पनि राम्रो माग रहेको कालो, पहेँलो र स्थानीय जातको सिमी बोटमै कुहिने र घरमा ल्याएको सिमी छतमै कुहिन थालेको कृषकले गुनासो गरेका छन्। ुयहाँ एक महिनादेखि निरन्तर पानी परिरहेको छ। बाली भित्र्याउने समयमा परेको पानीले सिमी खेती सबै सखाप पारेको छ। मकैका बोटसमेत ढल्न थालेका छन्ु त्रिपुरा सुन्दरी नगरपालिका ११ मुका स्थानीय कृषक अनिल डसालले बताए। आधाभन्दा धेरै सिमी बोटमै कुहिएको र केही सिमी बोटमै उम्रिएको उनले बताए। घरमा ल्याएको सिमी पनि घाम नलागेर सुकाउन पाएका छैनौँ। भित्र्याएको सिमी पनि कुहियो। यस वर्ष डोल्पाली कृषक ठूलो मारमा परेका छन्ु, डसालले भने। त्यस्तै, त्रिपुरा सुन्दरी नगरपालिका( ७ पहाडाका लोकमान श्रेष्ठ पनि सिमी खेती बिग्रिएपछि मारमा परेका छन्।

चार हल जग्गामा सिमी र मकै लगाएको थिएँ। सिमी पाकेर भित्र्याउने समयमा परेको पानीले सबै सिध्यायोु, श्रेष्ठले भने। गत वर्ष चार क्विन्टलजति सिमी भित्र्याएको बताउँदै उनले भने, ुअहिले पचास किलो सिमी बनाउन पनि मुस्किल छ।ु यतिखेर परेको पानीले गर्दा असोजमा पाक्ने गरी लगाइएको मकैमा पनि ठूलो क्षति पुर्‍याएको र सबै ढल्न थालेका उनले बताए। जिल्लाका अधिकांश कृषक सिमी खेती बिग्रिएपछि मारमा परेका छन्। जिल्लाका पहाड, लिकु, दापु, मुँ, जुफाल, रह, माझफाल, ताली, लाहारालगायतका अधिकांश क्षेत्रको भदौमा पाक्ने गरी लगाइएको सिमीमा वर्षाले क्षति पुर्‍याएकाले यस वर्ष सिमी उत्पादन ७० प्रतिशतले घट्ने कृषकले अनुमान गरेका छन्।

गाउँघरमा प्रति केजी २०० रुपैयाँसम्म पर्ने स्थानीय जातको सिमी नेपालगंज, सुर्खेत, काठमाडौंलगायतका जिल्लामा भने प्रति किलो ४०० देखि ५०० रुपैयाँसम्ममा बिक्री हुने गर्छ। वर्षभरिको दुस्ख वर्षाले सखाप पारेपछि डोल्पाली किसान चिन्तित बनेका छन् भने जिल्लाभर लाखौँ मूल्यको सिमी खेती नष्ट भएको कृषक बताउँछन्।




सम्बन्धित समाचार


error: Content is protected !!