विद्यार्थी तान्दै समता

लेख बहादुर बुढा
डोल्पा ः डोल्पाको ठुलीभेरी नगरपालीका वडा नं. ८ जुफालमा २०७५ जेष्ठ २ गते स्थापना भएको समता स्कुलमा पढाईको गुणस्तर भए सगैँ विद्यार्थीको सँख्या बढ्दै गएको छ । हाल उक्त विद्यालयमा ७ जना शिक्षक शिक्षिकाले प्यले गुरुप देखि कक्षा ३ सम्मा का १ सय ७० जना बालबालिकाहरुलाई अध्यन अध्यापन गराउदै आईरहेका छन ।
नेपालका चर्चित हास्यकलाकार महजोडी हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको सहयोगमा नेपालका ७७ जिल्ला मध्य डोल्पामा अन्तिम समता स्कुलको स्थापना भएको हो । प्रत्यक महिनाको १ सय फि लाग्ने, बर्ष भरी ६ वटा परिक्षा गर्ने र उक्त परिक्षा सुल्क स्वरुप २ सय मात्र परिक्षा शुल्क लाग्ने र पढाईमा सरकारी र नीजि विद्यालयको भन्दा पनी गुणस्तर भएपछी नजिकैका निजि स्कुल र सरकारी विद्यालयमा विद्यार्थीको सँख्या घट्दै गएको छ ।
शिक्षण सिकाईलाई अझ गुणस्तर बनाउनको लागी प्रत्यक महिनाको अन्तिम शुक्रबार अविभावक संग अन्तरक्रिया गर्ने, विधार्थीहरुलाई विधिन्न सरसफाई देखि अतिरिक्त क्रियाकला गराउने गरेको समता स्कुल जुफालकी प्रधानाध्यापक माया डागीँले बताउनु भयो । अविरल बर्षाको कारण विधार्थीलाई बसाल्ने ठाउँ नभएका कारण कतिपय विधार्थहरुलाई भर्ना नगरिको पनी डागीँले बताउनु भयो । समता विधालय नेपालका ७७ जिल्ला र अन्य भारत बंगलादेश लगायतका विभिन्न देशहरुमा सञ्चालन भएको उहाँले बताउनु भएको छ ।
अविरल बर्षाको कारण भवनको अलि समस्या रहेको र केहि समय पछी सवै व्यवस्था गर्ने तयारी रहेको उहाँले बताउनु भएको छ । पढाईको गुणस्तर बढाउनुको साथै केहि समय पछी विधार्थीहरुको लागी आवाशिय व्यवस्था गर्ने आवाशीय व्यवस्था गरे विधार्थीको सँख्या अझै बढ्ने अनुमान गरिएको प्रधानाध्यापक डागीँको भनाई रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!