सर्मि गाउँमा पहिरो आउदा २ घर पुरिए अन्य घरहरु उच्च जोखीममा

लेख बुढा डोल्पा । केहि हप्ता देखि परेको लगातारको बर्षाको कारण डोल्पाको मुड्केचुला गाउपालीका वडा नं ७ं.सर्मि गाउँमा पहिरो आउदा २ घर पुरीएको छ भने अन्य घरहरु उच्च जोखीममा रहेका छन । बुधबार राती १० बजे तिर पानी धेरे परेपछी एक्कासी आएको पहिरोमा सोही गाउँका राज बहादुर बुढाको ३ तले घर र सोही नजिकै रहेको देउरुपा ठकुल्लाको २ तले घर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।
उक्त पहिरोमा ति दुबै घरमा सवै क्षती भएको छ भने सही वडाका बल्जीत रोकाय,सुकलाल रोकाया,र प्रसाद रोकायाको भन्ने घरमा सामान्य क्षती भएको प्रहरीले जनाएको छ ।
पहिरो राति १० बजे आएतापनी मानिसहरु नसुतेको व्यलामा पहिरो आएकोले त्यहाँका स्थानिय भाग्न सफल भएछी मानविय क्षेती भएको छैन । यो समय पशुचौपाय विभिन्न हिमाली पाटनमा लिएकोले क्षती भएको छै घर भित्र रहेका लत्ता कपडा खाद्यान्न वस्तुहरु नष्ट भएको प्रहरीले बताएको छ । सोही ठाउँका दुई दर्जन भन्दा बढी घरहरु जोखिममा रहेको जनाईएको छ । उक्त गाउँ देखि माथी घाराको पानी खुल्ला छोडेको र धेरै बर्षा भएपछी उक्त स्थानमा पहिरो आएको हो । बुधबार राति पहिरो आएता पनी मुड्केचुलामा एन्टीसीको टावर बिग्रीएको कारण ठाउँठाउँ जानकारी दिने सन्चार माध्यम नभएकोले कसैलाईपनी थाहा हुन नसकेको प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।










