नदीमा पानीको मात्रा बढे संगै यात्रामा समस्या

रुपलाल बोहोरा
डोल्पा ः भेरी नदीमा भारी वर्षाका कारण पानिको बहाव वढे संगै यहाँका स्थानीलाई यात्रामा जोखिम थपिएको छ । ठुलीभेरी नगरपालीका र काईके गाउपालीका को सिमानामा पर्ने पाल्चा खोला नजिक मा भेरी नदीमा पानीको मात्रा वढेपछि संगै सडक भन्दा माथी पानी आएपछि यात्रामा समस्य भएको हो ।
पानीले बाटो सबै पुरी दिए पछि आवत जावत गर्न निकै वढेको हो । यो ठाउमा मात्र नभएर उपल्लो दुनै देखी काइके गाउपालीका को लावन बगर सम्मको सडकमा रहेको ग्याविन लगाएको ठाउँ सबै भत्किएको र कतिपय ठाउँमा सबै फाटेकोको काइके गाउँपालीका वडा न ५ का वडा अध्यक्ष राजु रोकायले जानाकारी दिए । यो भत्किएको बाटो लाई निर्माण गर्न को लागि ठुलै रकम चाहिने पनि अध्यक्ष बुढाले बताए । बुढाले भने ‘यो ठाउँमा अहिले गयो भने माथि भिर बाट आँखा रिङ्गटा लाग्ने ठाउको यात्रा गर्नु पर्छ, त्यसमा बालबालिका र बुढाबुढी आउन जान नै सक्दैनन् ’।
यसरी बाटो पानी ले पुरे पछि विभिन्न आन्तरिक तथा बाह्य पर्यटकहरु निकै प्रभावित हुनुका साथै स्थानीयहरु भिर को बाटो जोखिम मोलेर आवत जावत गर्न वाध्य भएका छन् । पशुचौपाय भने ठुलीभेरी नगरपालीका को थाला को लेख को बाटो हुदै घण्टौ लगाएर काईके गाउँपालीका को ताराकोटमा पुग्नु पर्ने बाध्यता छ । यसरी ढुवानी को रुपमा प्रयोग गरिने घोडा खच्चड हरु लेख को बाटो हिड्दा समय धेरै र खर्चिलो हुँने गरेको काइके गाउँपालीका वडा न ५ का बासिन्दा तथा ब्यबसायी पासाङ राणा ले बताइन् ।
बाटो को अबस्था जोखिम भए संगै काइके गाउँपालीका भित्रका स्थानीयवासीहरु मात्र नभएर माथिल्लो डोल्पामा जाने स्थानीय तथा बाह्य पर्यटकहरु लाई समस्या भएको छ । विस्तारै पानी कम भएर गएता पनि पछि यो बाटोमा मर्मतका लागि ठुलो रकम खर्च हुँने स्थानीयको भनाई छ ।





error: Content is protected !!