यसरी मनाईयो रजत जयन्ती

लेख बुढा, डोल्पा ।
डोल्पाको दुनै बोर्डीङ्गं स्कुलले २५ औँ भविभावक दिवस तथा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ । वि.सं. २०५० सालमा स्थापना भएको दुनै बोर्डीङ्ग स्कुलले शनिवार विभिन्न कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो ।
हिमाली जिल्ला डोल्पामा २०५० साल देखि निरन्तर शिक्षण दिदै आई रहेको छ । हाल दुनै वोडिङ्गं स्कुलमा कक्षा नर्सरी देखि कक्षा ८ सम्ममा यहाँका बालबालीकाहरु अध्यायन गर्दै आईरहेका छ । शनिवार दुनै बोडीङ्ग स्कुलका विद्यार्थीहरुले जनचेतना मुलक नाटक तथा विभिन्न साँस्कृतीक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाद हमालको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा, उद्योग बाणिज्य संघ डोल्पाका अध्यक्ष लालीमान बुढा उपस्थिती रहेको थियो । कार्यक्रममा नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा , विद्यालय व्यवस्थापन समितिका सदस्यहरु,जग्गादाताहरु,विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु अविभाबक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
यस्तै दुनै वोर्डीङ्गं स्कुलले २५ औँ भविभावक दिवस तथा रजत जयन्तीको अवसरमा दुनै बोर्डीङ्ग स्मारीका पुस्तक विमोचन गरीएको छ । दुनै बोर्डीङ्ग स्कुलका विद्याथीर्, शिक्षक ,जिल्लाका विशिष्ट व्यक्तीहरुको लेख रचनाहरु समेटीएको दुनै बोर्डीङ्ग स्मारीकालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाँद हमाल र जिल्ला समन्वय समितिका संयोजक शेर बहादुर बुढाले संयूक्त रुपमा विमोचन गर्नु भएको थियो । उक्त कार्यक्रमको अवसरमा विद्यालयमा गत बर्षको बार्षिक परिक्षामा विभिन्न स्थान ल्याएर उतिर्ण हुने, लगनशील जेहेन्दार सरसफाईमा नियमित र विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको दुनै बोर्डीङ्ग स्कुलका प्रधानाध्यापक लोकेन्द्र जैसीले बताउनु भयो ।
२५ औँ भविभावक दिवस तथा रजत जयन्तीको अवसरमा अविभावक स्याम रोकायाले दुनै बोर्डीङ्गले राम्रो शिक्षा दिदै आई रहेको भन्दै आउदा दिनको शुभकाम दिनु भएको थियो । बर्षाको समयमा भेरी बढ्ेको कारण वालबालीकाहरुलाई आवतजावतमा समस्या हुने भएकाले सवैले सचेत हुनु पर्ने रोकायले बताउनु भएको थियो । उक्त कार्यक्रममा नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले २५ औँ रजत जयन्तीको शुभकामना दिदै २५ औँ बर्ष विद्यालय प्रवेश गरिरहेको सुखद उपलक्ष्यमा निम्न माध्यामीक तह सम्मा पढाई भएको भन्दै अव यसलाई मावि तह सम्म अध्ययन अध्यापन गर्ने व्यवस्था गर्न सवैले ध्यान दिनु पर्ने बताउनु भएको थियो । अधयक्ष बुढाले दुनै बोर्डीङ्ग स्कुलले धेरै दक्ष जनशक्ति उत्पादन गरेको भन्दै नीजि विद्यालय भएता पनी सवैले सहयोग गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अथिति तथा जिल्ला समन्वय समितीका प्रमुख शेरबहादुर बुढाले शुभकामना दिदै नीजि क्षेत्रको दुनै बोर्डीङ्ग स्कुलले निस्वार्थ सेवा गरेको भन्दै आँउदा दिनहरुमा आफ्नो तर्फबाट हरेक क्षेत्रमा साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । विद्यालयलाई आँउदा दिनहरुमा अझै सुधार्दै लैजाने भन्दै कार्यक्रमका समापन अध्यक्ष चाँद हमालले गर्नु भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!