पहिरोको उच्च जोखिमा गैरागाउँ, भेरीमा आएको वाढिले फेरी र तारजाली वगायो

इन्द्र बुढाथोकी
सल्यान । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा ६ भाखर्कको गैरागाउँ पहिरोको जोखिमा परेको छ । घर देखि माथिको खालीपाखा जंगलको भागमा ५० मिटर चौडा जमिन चिरा परेको छ । जमिन चिरा पर्नुको साथै गए राती परेको अविर वर्षाले ठाउँ ठाउँमा जमिन धासिएको छ । गैरागाउँका १ दर्जन स्थानीयका घर जोखिममा परेको वताएको छ । उक्त स्थानका अम्मर वाग्रि, इन्द्र वहादुर वाग्रि, रत्न वहादुर पुन, भिम वहादुर वाग्रि लगाएतका ११ वटा घरका स्थानीय रात भर घर छाडेर स्थानीयको घरमा सुत्न जाने गरेका छन् । ११ घरहरु माथिबाट पहिरो आउने डरले रातभर आफ्न्त कहाँ जाने गरेका छन् । गए राती परेको अविरल वर्षाका कारण वडा ५ को देव वहादुर विष्टको घर समेतमा पहिरो उच्च जोखिममा परेको छ ।
साथै गए राती आएको अविरल वर्षाका कारण बनगाड कुपिण्डे नगरपालिका वडा न २ राइराको तल्लो बगरमा नगरपालिका बाट आर्थिक वर्षको २०७४र०७५ को बजेट बाट २ लाख ५० हजारको ४० ओटा तटबन्ध लगाएको तारजाली बगाउनुको साथै खेतबारीमा लगाएको बदाम, मास, तिल सहित दल ब बिष्ट , राम ब बिष्ट, वुद्धे बिष्ट, लगाएतका किसानको खेतबारी भेरी नदिले पुर्नुको साथै कटान गरेर लगेको किसान दल ब बिष्टले जानकारी दिनु भएको छ । वर्षौ देखि विभिन्न सरकरी तथा विभिन्न संघ सस्थालाइ गुहारदा पनि तारजाली नपाएको र यो वर्ष बलतल जनप्रतिनिधि आएको बेला खेतमा लगाउने जाली पाएको त्यही पनि भेरी नदिले बगाएर लगिदियो अब फेरि के गर्ने अनि कहाँ माग्ने जाने होला भन्दौ अर्का किसान वुद्धे बिष्टले दुखेसो व्यक्त गर्नु भएको छ ।
साथै बनगाड कुपिण्डे नगरपालिका वडा न २ भर्सिलको कल्याणमा दलबिर बुढा र धन ब रानाको बाढीले २ रोपनी खेतमा लगाएको धान पुर्नुको साथै खेतमा नै भेरी नदि हिडिरहेको दलबिर बुढाले जानकारी दिनु भएको छ । अझै वर्षा बढेमा आफ्नो घरमा नै बाढि पस्ने सम्भावना रहेको बुढाले बताएका छन । वर्षाको समयमा लगाएको खेत सहित धान बाढिले बगाउदा अब आफुहरुको परिवारमा भोकमरी पर्ने भन्दै दुख व्यक्त गर्नु भएको छ ।
त्यसै गरि बन्गाड खोलामा आएको वाढिका कारण छिन्चु जाजरकोट सडक खण्ड र सल्ली रुकुम चौहरजारी सडकमा चल्ने सवारी साधान ठप्प रहेका छन् । आज नै भेरी नदिमा रहेको फेरी पनि भेरीले वगाएको छ । भेरीमा वाढि आए पछि फेरीका फलामे लहरा चुडेपछि फेरी वगेको हो । विहान १० वजेतीर फेरी वगाएको स्थानीयको भनाई रहेको छ । भेरीले फेरी वगाए पछि सुर्खेतको ठिग्नी जोडने झोलुङ्गे पुलमा अल्झिए पछि उक्त झोलुङ्गे पुलका सर्पोटिङ्ग ४ वटा लहरा चुडाएको छ । पुलका सर्पोटिङ्ग ४ वटा लहरा चुडाए पछि उक्त पुल समेत जोखिम परेको छ । भेरी नदिको वाहवले पुलका सवै लहरा छोएको छ भने पुल नजिक नजिक पानीको सतहले छुन थालेको छ ।
उक्त क्षेत्रमा भेरी नदि सङ्गै सटेका कारण खेतीयोग्य जमिन भएका कारण सधैको वर्ष झै यस वर्ष पनि भेरी नदिले बगाउनुको साथै बाली पुरिएको छ ।










