पुल वगाएपछि विद्यार्थीले पढाई तथा सर्वसाधारण यात्रा समस्यामा

हेमन्त के सी
काठमाण्डौ , १ भदौ (रासस) ः वाढीले पुल वगाएपछि नलगाड नगरपालिकाका विद्यार्थीहरु विद्यालय जाँन बाट वन्चित भएका छन् भने सयौ स्थानीयहरु आवतजावतमा समस्या भएको छ । साउन २६ गते आएको वाढीले यहाँको वडा १,२,३,४ र ५ मा रहेका खोलाहरुमा भएका पुलहरु वगाएपछि यहाँका विद्यार्थीहरु पढ्न बाट वन्चित भएका हुँन् ।
त्रिभुवन माध्यमिक विद्यालय दल्ली , जनकल्यान निमावी मा पढ्ने विद्यार्थीहरु पढाईबाट बन्चित भएको शिक्षक दिनेश ओलीले बताउनुभयो । रुकुमको आठविसकोट नगरपालिकाबाट पढ्न पाउँने विद्यार्थीहरु समेत पढाईबाट वन्चित भएका छन् । दैनिक आवतजावत गर्ने स्थानीयहरु समेत समस्यमा परेका छन् । साविकका लहँ र डाडागाउँ गाविसका स्थानीयहरुको आवतजावत समेत ठप्प भएको । खोलाले पानि घट्ट वगाएपछि यहाँका सयौ स्थानीयहरु अन्न पिस्न नपाउँदा थप समस्य भएको डाडागाउँका चन्द्र पुनले बताउनुभयो ।
झुम्रेखोलामा आएको वाढीले यहाँको कालीमटी र घुवारामा रहेको पुल बगाएपछि समस्य भएको हो । यि पुल बाढीले वगाए संगै बारेकोट गाउँपालिकामा जाँने र आउने बाटो समेत अवरुद्ध भएको छ । जाजरकोट — डोल्पा सडक खण्ड समेत अवरुद्ध भएको छ । सयौ यात्रुहरु खोला तर्न नसक्दा समस्यमा परेका छन् । सडक अवरुद्ध हुँदा नलगाड हाईडा«ेपावरमा काम समेत वन्द भएको छ । निर्माण स्थल दल्लीमा आउँने सडक अवरुद्ध भएपछि आयोजनाको काम ठप्प भएको हो । सुरुङ्ग निर्माणको काम अवरुद्ध भएपछि तीन दर्जन मजदुरहरु वेरोगार भएको स्थानीय लोकेन्द्रविक्रम शाहीले बताउनुभयो ।

त्यस्तै पंञ्च भयार मावि नलगाड ८ का विद्यार्थीहरु वाढीले विद्यालय तोपिदिएपछि समस्यमा परेका छन् । मष्ट प्रावि कायखेतको विद्यालय वाढीले वगाएपछि पढाई समेत अवरुद्ध भएको छ । वाढीले वगाएका ठाउँमा अस्थायी पुल निर्माण गरिने नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलले बताए । वाढी ,पहिरोबाट भएको क्षतिका विषयमा अध्यायन गर्नका लागि कार्यदल समेत गठन गरिएको छ । करोडौको क्षति भएको कारण नगरपालिकाले मात्र एक्लै समाधान गर्न नसक्ने उनले बताए । यता बन मन्त्री शक्तिवहादुर वस्नेतले जिल्लामा भएको क्षतिका विषयमा यकिन डाटा संकलन भइएरहेको बताउदै प्याकेजमा राहत तथा पुर्ण स्थापनाका काम गरिने बताउनुभयो । वुधबार वेलुका गृहमन्त्री रामवहादुर थापा र बन तथा बातावरण मन्त्री शक्तिवहादुर वस्नेत , सांसद कालीवहादुर मल्ल , गणेसप्रसाद सिंह लगाएतले जिल्लामा भएको क्षतिका विषयमा छलफल समेत गरेका थिए । विहिबार राष्टियसभाको वैठकमा बोल्दै सांसद कालीवहादुर मल्लले जिल्लामा छिटो राहत र क्षति पुर्तीको व्यवस्था गर्न सरकार संग माग गरे ।
अहिले जाजरकोट सदरमुकाम लगाएत पुर्वको नलगाड नगरपालिका वाढी र पहिरोका कारण करोडौको क्षति हुँनुका साथै सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । जलवायू परिर्वतका हिसावले संकट पुर्ण जिल्ला हुँनुका साथै , वाढी पहिरोले संकट ग्रस्त जिल्ला भनेर घोषण गर्न सरकार संग माग गरिएको सांसद गणेसप्रसाद सिंहले बताउनुभयो ।










