वाढी, पहिरोबाट भएको क्षतिका विषयमा अध्यान तथा प्रतिवेदनका लागि कार्यदल गठन

लोकेन्द्रविक्रम शाही
जाजरकोट , नलगाड नगरपालिकाले वाढी , पहिरोबाट भएको क्षतिका विषयमा अध्यायन गर्न विभिन्न समिति गठन गरेको छ । विपत जाँचवुझ तथा प्रतिवेदन समिति , विपत सम्पर्क व्यक्ति, राहत वितरण तथा प्रतिवेदन लेखन समिति गठन भएका छन् । हिजो वसेको वैठकले यस्तो निर्माय गरेको हो । यी गठन भएका समितिले भदौ ३ गते भित्र सवै प्रतिवेदन वुझाउने छन् । प्रतिवेदनमा आधारमा नगरपालिकाका सवै वडामा भएको क्षेतिको एकिन विवरण आउने र राहत तथा पुर्णस्थापनाको कार्य अगाडी पढ्ने बताएको छ ।










