डेढ सय वर्ष देखि खलंगामा लाखे नाँच

जाजरकोट, ः जाजरकोटको इतिहास र सामाजिक परम्परासंग जोडिएको लाखे नाँच सुरु भएको झन्डै डेढ सय वर्ष पुगेको छ। जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफनो मनोरञ्जनका लागि नेवार समुदायहरुवाट लाखे नाँच सुरु गराएका थिए।अहिले यो नाँच जिल्लाका सवै समुदायहरुको साझा सम्पति जस्तै भएको छ।
जाजरकोटका सवै समुदायका मानिसहरुले यसलाइ साझा पर्वको रुपमा लिन थालेपछि यो नाँच सवैको साझा सम्पति भएको हो । भक्तपुरवाट जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले जिल्ला भित्र्याएका नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्ष अघि सुरु गरेको लाखे नाँच जाजरकोटको एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व भएको स्थानीय दिनेश श्रेष्ठले बताउनुभयो ।
उहाँले प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गठेमंगल पर्व मनाउदै यो लाखे नाँच सुरु हुने बताउनुभयो । सामाजिक एकता, मेलमिलाप र मनोरन्जन दिनका लागि जिल्ला सदरमुकाम खलंगामा मात्रै देखाइने लाखे नाँच कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिने गर्दछ।
नेवार समुदायमा प्रचलित लाखे नाँच जाजरकोटमा निकै लोकप्रिय भएपनि सरोकारवाला र स्थानीय जनताको वेवास्ताले विस्तारै संकटमा पर्न थालेको स्थानीयवासीको गुनासो छ। खासगरि युवा पुस्ताको सक्रियता र चासोको अभावले लाखे नाँच निरन्तर चलिरहेको भएपनि मौलिक वन्न नसकेको सरोकारवालाहरुको गुनासो छ।
विगतमा निकै लोकप्रिय र भव्य स्थानीय पर्वको रुपमा रहेको लाखे नाँच पछिल्लो समयमा स्थानीयवासीको वेवास्ताले लोप हुन थालेको जस्तो देखिन्छ। द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंश विचको लडाइको झल्को दिने गरि विभिन्न गतिविधिहरु गर्दै खलंगा वजार क्षेत्रमा लाखे नाँच मनाउने चलन सवैको लागि मनोरन्जनको उत्कृष्ट नमुना भएको पुराना वुढापाकाहरुको भनाइ छ।
लाखे नाँचका क्रममा स्थानीय लोक भाका, भेषभुषा र चालचलन एवम रोपाइ जात्रा, घोडे जात्रा,गाइ जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्राहरु देखाउदै समाजका विभिन्न विकृतिहरुमाथि व्यंग प्रहार गर्ने अनि सर्वसाधारणहरुलाइ भरपुर मनोरन्जन दिने गरिन्छ । लाखे नाँचको वेला कंशको प्रतीकको रुपमा डरलाग्दो राक्षसी रुप गरेको लाखे र उसका सिपाइका प्रतीकका रुपमा विभिन्न काला सेता र अन्य रंगका मुकुन्डो लगाएका भप्पुहरु र अन्य हास्य पात्रहरुको रमाइला र मनोरन्जनात्मक गतिविधिले स्थानीय वस्ती र वजारहरुमा छुटटै रौनक छाउने गर्छ ।नागरिकमा खवर छ ।

 




सम्बन्धित समाचार


error: Content is protected !!