हुम्लाको गाउँपालिकाहरुमा मुल्य मेटिएको औषधी

हुम्लाको सर्केगार्र्ड गाउँपालिकाले मुल्य नै नभएको औषधी खरिद गरेको छ । गाउँपालिका सम्पुर्ण स्वास्थ्यचौकीमा औषधीको मुल्य मेटाएर राखेको भेटिएका छन् ।

वडाले खरिद गरेको औषधीमा मुल्य थियो तर गाउँपालिकाले खरिद गरेको औषधीमा मुल्य मेटीएर आएको बराई स्वास्थ्यचौकीको अनमी बिपना पुन मगरले बताइन् । हाल स्वास्थ्य चौकीमा आँखा पाक्ने बिरामी धेरै आउने गरेको उनले बताइन् ।

स्थानीयलाई सहुलियत रुपमा दिइएको औषधी बिक्रि नहोस भनी डिष्ट्रिब्युटरबाट मेटाएर आएको स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । गाउँपालिकाले सात लाख दुई हजारमा औषधी खरिद गरेको थियो । हाल स्वास्थ्यचौकीहरुमा औषधी अभाव नरहेको र स्टकसमेत रहेको उनले बताए । तर गाउँपालिकाका स्वास्थ्यचौकीहरुमा भने बिरामीको चाप बढदै गएकोले औषधी अभाव देखिन थालेको छ ।

सर्केगार्ड गाउँपालिकामा पाँच स्वास्थ्यचौकी र दुर्इ सामुदायिक इकाई स्वास्थ्य केन्द्र रहेका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!