जाजरकोटमा बाढीले भएको क्षतिका विषयमा गृहमन्त्री र वन मन्त्रीबीच परामर्श


 काठमाडौँ ः – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बुधबार गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा बाढीका कारण भएको क्षतिका विषयमा छलफल गरेका छन्।

छलफलमा क्षतिको यकिन विवरण तत्काल बुझेर, राहत र पुनर्स्थापनाका लागि प्याकेज घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिएका हुन्।

जिल्लाको सबै ठाउँमा भएका क्षतिको विवरण स्थानीय प्रशासनमार्फत छिटो लिने काम भइरहेको बस्नेतले जनाएका छन्। छिटै राहत, पुनर्स्थापना र उचित क्षतिपूर्तिका लागि काम युद्धस्तरमा सरकारका तर्फबाट काम भइरहेको मन्त्री बस्नेतले बताएका हुन्।

जाजरकोटमा असिनाका कारण भएको बालीनालीमा भएको क्षति, बाढीपहिरोबाट भएको क्षति लगाएका विषयमा प्याकेजमै राहत तथा पुनर्स्थापनका काम तत्काल शुरु गरिने उनले बताए।

गृहजिल्ला जाजरकोट भएका मन्त्री बस्नेतले यति ठुलो क्षति हुनु दुखद् भएको उल्लेख गर्दै बुधबार ज्यान गुमाएका उमेश शाहीप्रति श्रदाञ्जलि व्यक्त गरेका छन्। उनले दुखमा परेका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने बताए। वर्षायाममा सबैलाई सचेत भई काम गर्न समेत बस्नेतले आग्रह गरेका छन्।

त्यस्तै सांसद गणेसप्रसाद सिंहले तत्काल राहत र पुर्ण स्थापनाका लागि केन्द्र सरकारले छिटो कदम चाल्नुपर्ने बताउनुभयो । जति ढिला हुन्छ , त्यति समस्या थपिने सिंहको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!