पहिरोको डरले स्थायी प्रहरी चौकीनै बिस्थापित

त्रिपुराकोट(डोल्पा) हिमाली जिल्ला डोल्पामा पहिरोको डरले एक स्थायी प्रहरी चौकीनै बिस्थापित भएको छ ।
ठुलीभेरी नगरपालिकामा ९ मा पर्ने स्थायी प्रहरी चौकी कालागौ“डा पहिरोको डरले बिस्थापित भएको हो ।
पहिरोस“गै आएको ठुलो ढुङ्गाले चौकीको आगन भासिएको छ भने गारोको छेउमा हालिएका काठका रेलिङहरु समेत भा“चिएका छन् ।
बुधबार बिहान ३ बजे चौकी माथीबाट पहिरो खसेर चौकीमा क्षती पु¥याएकाले चौकी अर्को घरमा सारिएको प्रहरी निरीक्षक शसीराम ओलीले जानकारी दिनुभयो ।
चौकीलाई आशिंक रुपमा क्षती भएपनि निरन्तर पहिरो खसिरहेकाले बस्न नसकिने स्थिती भएपछि चौकी सरेको ओलीले जानकारी दिनुभयो ।
चौकीका सबै सामानहरु र प्रहरीहरु सरेपनि चौकीको बोर्ड त्यतै रहेको र आईपर्ने प्राकृतिक प्रकोप बिरुद्ध सचेत गराउन प्रहरीलेसुरक्षा दिईरहेको बताईएकोे छ ।
निरन्तरको पहिरोले कालागौ“डा बस्तीका दश घर जोखिममा रहेको वडा नं ९ का अध्यक्ष बिरमल भण्डारीले जानकारी दिनुभयो ।
केही घरधनीहरु जोखिमयुक्त ठा“उ छोडेर सुरक्षित ठा“उतर्फ गईसकेको र बा“की घरहरुलाई त्यता नबस्न सचेत समेत गराईएको उहा“ले जानकारी दिनुभयो ।
निरन्तर खसिरहेको पहिरोले आन्तरिक रुपमा चलिरहेको जुफाल दुनै यातायात प्रभावित भएको छ भने पैदलयात्रीलाई समेत जोखिम बडेको छ ।रामचन्द्र न्यौपाने










