अनाथ संरक्षण केन्द्रले मनायो दोस्रो बार्षिक उत्सब

रामचन्द्र न्यौपाने
डोल्पा ः यहाँको नगर स्तरीय महिला सामुदायिक सेवा समाज तथा अनाथ बालबालिका संरक्षण केन्द्रले दोस्रो बार्षिक उत्सव मनाएको छ ।
मंगलबार त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा भव्य कार्यक्रममका साथ आफ्नो दोस्रो बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै उपस्थित विभिन्न बक्ताहरुले अनाथ बालबालिकाको पढ्न लेख्न पाउने अधिकारको शुनिश्चितता गर्नुपर्ने बताएका थिए ।
महिला सामुदायिक सेवा समाज तथा अनाथ हकहित संरक्षण केन्द्रले नौ जना अनाथ बालबालिकालाई खानेबस्ने सहित गुणस्तरीय शिक्षाकालागि नजिकैको मदरल्यान्ड फोक्सुन्डो बोर्डिङ स्कुलमा पढ्ने ब्यबस्था गरेको छ ।
ब्यक्तिगत रुपमा दुईबर्ष देखि अनाथ बालबालिकाहरुको सम्पुर्ण ब्यबस्थापन आफ्नो दम्पतीले गर्दै आएकोे संरक्षण केन्द्रका अध्यक्ष दिलमाया बिष्टले बताउनुभयोे ।
त्रिपुरा सुन्दरीनगरपालिकाको आर्थिक सहयोगमा अनाथ बालबालिकालागी आवास भवनसमेत बन्दै गरेको उहाँले जानकरी दिनुभयो ।
हिमाली जिल्ला डोल्पामा जिल्लाकै पहिलो अनाथालय स्थापना गरेर नौ जना बालबालिकालाई ब्यक्तिगत रुपमा सम्पुर्ण ब्यबस्थापन गर्दै आएकाले उक्त सेवा समाजलाई विभिन्न दाता संघ संस्थाहरुले सहयोग गर्नुपर्ने त्रिपुरा सुन्दरी नगरपालिका १ का समाजसेवी रबी प्रसाद न्यौपानेले बताउनुभयो ।
दिल बहादुर बिष्ट र दिलमाया बिष्ट दम्पतीका आफ्नै सन्तान भने छैनन् ।
समाजमा कष्टपुर्ण जीवन बिताईरहेका अनाथ,असाहाय,दुखी बालबालिकालाई आफ्नै बालबालिका सरह लालनपालन र शिक्षा दिक्षा दिनु जिल्ला भित्रमात्र नभई देशमै उदाहाणीय काम भएको प्रमुख अतिथि तथा नगर उपमेयर चन्द्रा कुमारी बुढाले बताउनुभयो ।
बिष्ट दम्पतीको जस्तो उदाहारणीय सामाजिक कार्यकालागि सबैले सहयोग गर्नुपर्नेै उहाँको भनाई छ




सम्बन्धित समाचार


error: Content is protected !!