पर्यटन पत्रकार संघ जुम्लाको अध्यक्षमा शाही

जुम्ला,  नेपाल पर्यटन पत्रकार संघ जुम्लाको अध्यक्षमा उज्यालो सहकर्मी पत्रकार नेत्रबहादुर शाही सर्वसम्मत निर्वाचित हुनुभएको छ । पर्यटन पत्रकार संघ जुम्लाको भेलाले शाहीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
शाही नेतृत्वको पर्यटन पत्रकार संघ जुम्लाको नयाँ कार्यसमितिको उपाध्यक्षमा गोल्डेन बुढा, महिला उपाध्यक्षमा लक्ष्मी न्यौपाने, सचिबमा सागर परियार, सहसचिवमा सुभाकर विश्कर्मा, कोषाध्यक्षमा शान्तिमा खत्रि रहेका छन् ।
यसैगरी सदस्यहरुमा नन्दराम जैसी, रिता आचार्या, स्यानु उपाध्यय, बिजय रावत, हरिकृष्ण महत, अमृत बुढाथोकी मगर सहित १३ सदस्यित जिल्ला कार्यसमिति गठन भएको हो ।
नवनिर्वाचित अध्यक्ष शाहीले पर्यटकीय क्षेत्र र सम्भावनाको मुहान कर्णालीको पर्यटकीय क्षेत्रमा पत्रकारहरुको ठूलो भूमिका रहेका कारण पर्यकटीय विकासको टेवा पुरयाउन , पुर्वाधार तयार गर्न कर्णाली पर्यटन बर्ष २०७५ कार्यान्वयन लागि ठूलो भूमिका निर्वाह हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जुम्लाका संस्थापक सभापति नरेन्द्रनाथ योगीले पत्रकार समाजको सवैभन्दा ठूलो शक्ति भएकाले कर्णालीको पर्यटकीय विकासमा समितिले प्रभावकारी रुपमा काम गर्ने बताउनुभयो । पर्यटन पत्रकार संघ कर्णाली प्रदेशमा उपाध्यक्ष दिलमाया शाहीको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!