ठेकेदारको लापरवाहीले हुम्लाका ११ वटा निर्माणाधिन झोलुंगे पुल अलपत्र

नरजन तामाङ
हुम्ला ः ठेकेदारहरुले समयमै सामान ढुवानी नगर्दा जिल्लाका ११ वटा झुलुङ्गे पुल निर्माणको काम अलपत्र परेका छन् । सम्झौता गरेको समयसम्म ठेकेदारहरुले लापरवाही गरेपछि जिल्लाका विभिन्न गाउँ जोडने झुलुङ्गे पुलका काम रोकिएका छन् ।

०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले ४ र ०७३ मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दिपक रावतले ७ वटा झुलुङ्गे पुलको जिम्मा लिएको छ । ठेकेदारहरुले सामान समयमै ढुवानी नगर्दा पुल निर्माण कार्य रोकिएको हो ।

चाफेटडी झुलुङ्गे पुल प्रमुख प्रथामिकता रहेकोले ०७५ मा निर्माण सम्पन्न भएको जिल्ला समन्वय समिति कार्यालयका इन्जिीनियर देवी ऐडीले बताए । पुल निर्माणको ९० प्रतिशत काम भईसकेको सामान ढुवानी नहुदा १० प्रतिशत काम बाँकी रहेको ईन्जिनियर ऐडीको भनाइ छ । आर्थिक वर्ष ०७र७३ मा सकिनुपर्ने मुचु झुलुङ्गे पुल बुराउसे घटेखोला, ठाडोखोला ठेहे र सिक्पा खोला राहदेवको झुलुङ्गे पुलको सामान ढुवानीका टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले लिएका छन् । त्यस्तै आर्थिक वर्ष ०७४र०७५ मा सम्पन्न हुनुपर्ने चारटँङग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला कालिका,खारखोला दार्मा मिमि खोला, पोरीगाउँ खोला नेप्का, बालुखोला ट्रस गोठी रोडिकोट सामान ढुवानी जिम्मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दिपक रावतसँग सम्झौता रहेको प्रमुख ईन्जिीनियर ऐडीले बताए ।

डेढ करोड रकम फ्रिज
जिल्लाका झुलुङ्गे पुल निर्माणका लागि ४ करोड ४० लाख विनियोजन गरेको भएपनि डेढ करोड रकम फ्रिज भएको छ । साउनको १० म्याद थप गर्नुपर्ने मिति रहेपनि ठेकेदारहरु म्याद थप गर्न समेत नआएको जिल्ला समन्वय समितिका प्रमुख ईन्जिीनियर देवी ऐडीले बताए । उपभोक्ता समितिले गर्नुपर्ने सबै काम भईसकेको र ठेकेदारहरुले ढुवानी गर्नुपर्ने काम रोकिएकोले पुल निर्माणमा ढिलाई भएको ईन्जिीनियर ऐडीले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!