पहिरोले भेरी नदी थुनिदा दुई घर वगे , भेरी नदीको पुल जोखिममा

लोेकेन्द्रविक्रम शाही

जाजरकोट ः यहाँको नलगाड नगरपालिका वडा १२ ठुलावगरमा पहिरोले भेरी नदी थुनिदा दुई घर बगेका छन् ।
स्थानीय भविन्द्र बस्नेत , ककवहादुर बस्नेतको घर पुर्ण रुपमा बगेको वडा न. १२ का वडा अध्यक्ष लालवहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ३२ घरहरु जोखिममा परेका छन् । जाजरकोट डोल्पा सडक खण्डमा पर्ने यो पुल जोखिममा परे संगै समस्य उत्पन्न भएको नलगाड नगरपालिका नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए । नदीमा पानीको वहव कम हुँदै गएपनि , वर्षायाममा जतीवेला पनि पानीको मात्रा वढ्न सक्ने भन्दै सतर्क रहन नलगाड नगरपालिकाले स्थानीयलाई अनुरोध गरेको छ । नदीको कटानका कारण १० लाख बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले जानकारी दिए ।

पहिरोले रुकुमको गोतामकोट र जाजरकोट ठुलोवगर जोड्ने भेरी नदीको पुल समेत जोखिममा पारेको छ । जाजरकोट, रुकुमबाट डोल्पा जाँने मुख्य पुल नै जोखिममा परेपछि समस्य भएको    नेकपाका जिल्ला समिति सदस्य नवराज सिंह जानकारी दिनुभयो  । https://www.facebook.com/sankalp.magar.9/videos/pcb.1880092445631671/1880092352298347/?type=3&theater




सम्बन्धित समाचार


error: Content is protected !!