समाजसेवामा अग्रसर हुँदै डोल्पाली महिला

डोल्पा , पछिल्लो समयमा डोल्पाली महिलाहरु पनि समाजसेवा तर्फ अग्रसर हुन थालेकाछन् ।
चेतनाको बिकासस“गै उनीहरुपनि सामाजिक कार्यमा अग्रसरहुन थालेकाहुन् ।त्यसैको गतिलो उदाहारण बनेकाछन् त्रिपुरा सुन्दरी नगरपालिका १ मा बस्ने महिलाहरु ।
उनीहरुले पछिल्लो तीन बर्ष यतामात्रै देउसी भैलो खेलेरैमात्रा सार्वजानिक शौचालय,धारो,घोरेटो बाटो निर्माण लगायत थुप्रै उदाहारणीय काम गरिसकेकाछन् ।
पुरुष प्रदान समाजमा महिलाले देउसी भैलो खेल्नु हु“दैन महिला अग्रसर भएको राम्रो हु“दैन धेरैले भने तर हामी कोही कसैको भनाईलाई वास्ता नगरेरै त्रिपुराकोटका एकघरका एक महिला मिलेरै देउसी भैलो खेल्न सुरुवात ग¥यौ स्थानीय महिला गोमा उपाध्यायले बताईन ।
चुलो चौकोमै सिमित हुुनुपर्छ भन्ने पुरुषबादी मानसिकतालाई कुल्चदै गा“उ छोडेर टाढा टाढा गा“उमा पुगेर देउसी खेलेको पैसाले शौचालय बनायौ,बाटाघाटा खन्यौ,धारा बनायौ“ उनले भनिन् ।
भर्खरमात्रै देउसी खेलेर उठेको रकम सहित नगरपालिकाको सहयोगबाट ६५ हजारको एक लाख बत्ती बाल्न मिल्ने आरती किनेका छौ“ ।यसलाई लिएर प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरीमा चढाउने योजना छ उनले थपिन् ।
देउसीको तीस हजार नगरपालिको ३५ हजार सहयोगमा आरत किनिएको त्रिपुराकोटका महिलाले बताए ।
देउसी भैलोबाटै प्रत्येक बर्ष एक नया“ सामाजिक काम गर्दै आएका छौ“ स्थानीय महिलाहरुले बताए  त्रिपुराकोटका महिलाले जिल्लामै नमुना ढङ्गले कामगर्नुका साथै समाज रुपान्तरणमा समेत ठुलो सघाउ पु¥याएको सरोकारवालाले बताए ।
पहिला पहिला अविबाहित महिलाले देउसीभैलो खेल्ने गरेपनि बिबाहित महिलाले खेल्नु हु“दैन भन्ने समाजको बुझाई थियो त्यो गलत धारणालाई चिर्दै त्रिपुराकोटका महिलालेनै देउसी खेल्नेकार्य सुरुवात गरेको महिला अगुवाहरुले बताए ।रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!