बेरोजगारलाई स्वरोजगार बनाउन तालिम

दिलमाया शाही
जुम्ला ः जुम्लाका बेरोजगार युवा, युवतिलाई स्वरोजगार मुलक तालिमको अवसर जुटाईएको छ । अवाश्यक ज्ञान, सिप र अनुभवका कारण पछि परेका बेरोजगार युवा, युवतिहरुलाई तालिम मार्फत स्वरोजगार बनाउने उद्देश्यले नेपाल युथ फाउण्डेशनले तालिमको अवसर जुटाएको हो ।
ओल्गापुरी भोकेशनल स्कुल तलितपुरमा एक सातापछि संचालन हुने ब्यवसायीक तालिममा जुम्लाका १६ जना युवा, युवतिले सिप आर्जन गर्न पाउने भएका छन् । रोजगार सुचना केन्द्र, समाज कल्याण गतिविधि नेपाल र सुर्य समाजिक सेवासंघ फोएस जुम्ला सहआयोजक रहेको तिन महिने ब्यवसायीक तालिमका बिषयमा आईतबार जिल्लामा अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।
उक्त ब्यवसायीक सिपमुलक तालिममा ओल्डीङ, केयर गिभर, सिकर्मि, प्लम्बींङ र ईलेक्टीकल तालिम संचालन हुने आयोजक संस्थाले जनाएको छ । युवा, युवतिहरु सहभागी रहेको सो अभिमुखिकरण कार्यक्रममा बोल्दै नेपाल युथ फाउण्डेशनका परीयोजना अधिकृत विनोद कडराले ब्यवसायीक सिपमुलक तालिमबाट जुम्लाका युवा, युवतिहरुले सिप सिक्नुका साथै आत्म विश्वास पनि बढाउनबताउनु भयो । आवाश्यक सिप र ज्ञान नपाएका कारण दिनप्रतिदिन बेरोजगार युवाको संख्या बढ्दै गएकाले यो तालिमले स्वरोजगार बन्ने बातावरण कायम गर्ने उहाको भनाई छ ।
रोजगार सुचना केन्द्र जुम्लाका अध्यक्ष मेघराज गिरीले सिप बिना कतै पनि रोजगार नपाईने भन्दै स्वरोजगार बन्न सिप आवाश्यक रहेको बताउनु भयो । चाहे स्वदेशमा होस्, वा विदेशमा काम गर्दा सिप सिकेको ब्यक्तिले प्राथामिकता पाउने उहाको भनाई छ ।
फोएस जुम्लाका लेखा अधिकृत रोशन श्रेष्ठले भन्नु भयो ,बेरोजगार युवा युवतिहरुले रोजगार पाईन भनेर बस्नु भन्दा स्वरोजगारका तालिम लिएर ब्यवसायीक बन्न आवाश्यक रहेको बताए । कुनै पनि सिप सिकेमा सरकारी तथा निजि क्षेत्रमा रोजगारीको अवसर पाईने भएकाले सिप सिकेको ब्यक्ति बेरोजगार नहुने उहाको भनाई छ । जुम्लामा ओल्डीङ, सिकर्मि र प्लम्बींङ सम्बन्धि तालिम लिएर पुर्ण सिप सिकेका यक्तिहरुको माग भैरहेकोले यस्ता तालिम लिनेको भविष्य उज्वल रहेको श्रेष्ठले भनाइ छ










