नदीको किनारमा महिलाको लास फेला

जाजरकोट यहाँको बोरकोट गाउँपालिका वडा ८ सेपुखोलामा महिलाको वेवारिसे लास फेला परेको छ । सोमबार विहान नलगाड नदीले बगाएर ल्याएको अवस्थामा महिलाको लास फेला परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । लास कस्को हो भनने भनने एकिन हुँन सकेको छैन् । लास भएको ठाउँमा प्रहरी पुगेर थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । सव परिक्षणका लागि सदरमुकाम ल्याईने उहाँको भनाई छ ।










