डोल्पामा ८ करोड ४० लाख १९ हजार राजस्व संकलन

सुकमाया थापा
डोल्पा ः यस आव ७४ । ७५ मा डोल्पा जिल्लामा ८ करोड ४० लाख १९ हजार राजस्व संकलन भएको छ । गत बर्ष डोल्पा जिल्लामा ५ करोड ४३ लाख ४६ हजार संकलन भएको थियो । गत बर्षको तुलनामा यस बर्ष ५५ प्रतिशतले राजस्व बृद्धि भएको कोष तथा लेखा नियन्त्रन कार्यलय डोल्पाले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको निकास खर्च २ अर्ब २३ करोड ८० लाख ९० हजार भएको छ भने पुजिगतमा ४३ करोड ७० लाख ६३ हजार खर्च भएको छ जस्मा चालुको खर्चमा ९४ प्रतिशत र पुजिगतको ८९ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रन कार्यलय डोल्पाले जानकारी दिएको छ ।










