गाउपालिकाको भवन निमार्णका लागी निशुल्क जग्गा दान

दिलमाया शाही जुम्ला ः सिंजा गाउपालिकाका फर्से गाउँका स्थानीयहरुले गाउँपालिकाको भवन निमार्णका लागि निशुल्क जग्गा दान गरेका छन् ।
सिंजा गाउँपालिकाको आफ्नो भवन निमार्णको लागी स्थानीयहरुले झण्डै तीनहजार वर्गमिटर बराबरको जग्गा दान गरेका हुन् । त्यहाँका स्थानीयहरुले गाउँपालिको समृद्धीको लागि र आफुहरुको सेवा सुबिधाहरुको लागि भन्दै खेति योग्य जमिन दिएका छन् । जुम्लामा पछिल्लो सयमा खेतियोग्य जमिन माँसिदै गएको बेला सिंजा गाउँपालिकाले पनि पायक पर्ने स्थानमा पाखो जमिन नपाएपछि कालिमासी धान रोप्ने खेतनै भवन निमर्णको लागि उपयोग गर्ने भएको सिंजा गाउँपालिकाका अध्यक्ष देवल सिहं रावलले बताउनु भयो । उहाँले भन्नु भयो जुम्लाका कतिपय ठाउँमा गाउँपालिकाको बिषयमा बिवाद छ । तर हाम्रो गाउँपालिकाका स्थानीयहरुले खुसिका साथ निशुल्क जगा दान गरेका छन ।यसरी जुम्लामा खेतियोग्यो जमिन नाँसिदै जाँदा कृषी उत्पादन लोप हुने देखिएको छ । फर्सेका गाउँका १०जना स्थानियहरुले निशुल्क जगा दान गरेका छन, भने अरु ३ जनाले दुइ तिन दिन भित्र दान गर्ने तयारी मा छन ।
निःशुल्क जग्गा , जगापास गर्नेमा हिक्मत खत्री, अशोजी राणा , सुरत बहादुर राणा , रामबहादुर राणा , लगायतका १० जानले सिङगो गाउबासीको सेवा सुबिदाकाको लागी खुसिका साथ जगा दान गरेका बताएका छन ।त्यस्तै सिंजागाउपालिकाका प्रमुख प्रसाशकीय अधिकृतले टोपबहादुर बुढाले भन्नु भयो अरु गाउँपालिकाको तुलनामा हाम््रो गाउँपालिका बिवाद रहित गाउँपालिका हँुदा बिकास निमार्णका गतिबिधिहरु संञ्चालन गर्न सहज भएको छ । उहाँले भन्नु भयो सिँजा गाउँपालिकाको स्तरउन्नतिको लागी हामी लागी परेका छौ ।










