प्रकाण्डको गिरफ्तारीले सत्तारूढ पार्टीभित्रै हलचल

काठमाडौं ः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा०भित्र हलचल ल्याइदिएको छ। खास गरी पूर्वमाओवादी समूह आफ्ना पूर्वसहयात्री नेता ‘प्रकाण्ड’को गिरफ्तारीले तरंगित बनेका हुन्। उनीहरूले ‘प्रकाण्ड’लाई पक्राउ गरेकोमा सरकारको विरोध गर्दै रिहाइको माग गर्न थालेका छन्। यस्तो गर्नेमा सत्तारूढ नेकपाका केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्तासम्म छन्।

सत्तारूढ नेकपाका नेता एवं पूर्वमन्त्री धनिराम पौडेलले ‘प्रकाण्ड’को गिरफ्तारीलाई निन्दनीय भन्दै बिनासर्त रिहा गर्न माग गरेका छन्। उनले ‘प्रकाण्ड’लाई हत्कडी लगाइएकोमा आपत्ति जनाउँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रश्नसमेत गरेका छन्। ‘बादल गृहमन्त्री१ प्रकाण्डको हातमा हत्कडीरु’ पौडेल आफ्नो फेसबुकमा लेख्छन्, ुयो दृश्य देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भए होलारु पूर्वमन्त्री पौडेलले ‘प्रकाण्ड’को गिरफ्तारी समय र सन्दर्भ सबै किसिमले निन्दनीय भएको टिप्पणी गरेका छन्। उनले ‘प्रकाण्ड’माथि लगाइएको आरोपप्रति पनि प्रश्न उठाएका छन्। उनले ‘प्रकाण्ड’माथिका आरोप प्रतिशोधपूर्ण रहेको भनेका छन्। ‘वैचारिक निकटता, वर्गसंघर्षको जटिलता, वर्गपक्षधरता र मानवाधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो’ पौडेल लेख्छन् ुप्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पूर्वमन्त्री र एउटा राजनीतिक पार्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसाबले हत्कडी लाउनुपर्ने समय यो होइन। प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध गरेका थिएनन्, न त उनको पार्टीले ०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो।’ तर ‘प्रकाण्ड’को पार्टीले लिएको नीतिमाथि भने उनले शंका गरेका छन्। र, पनि त्यो राजनीतिक विषय भएको उनको निष्कर्ष छ। ‘नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यको लागि समस्या हुन सक्छ। त्यो राजनैतिक समस्या हो।

राजनीतिक रूपले मात्र राजनैतिक समस्याको समाधान गर्न सकिन्छ’ पौडेल अगाडि लेख्छन, अतः क। प्रकाण्डलाई विनासर्त रिहाइ गर सरकार यस्तै योङ कम्युनिस्ट लिग वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि प्रकाण्डको गिरफ्तारीप्रति असहमति जनाएका छन्। ‘नेकपाका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गर्नु समस्याको समाधान होइन’, दीपशिखा फेसबुकमा लेख्छन्, राजनीतिक समाधान खोज्नुपर्छ।

सत्तारूढ नेकपानिकट पत्रकार खिलबहादुर भण्डारीले आक्रामक अभिव्यक्ति दिँदै गृहमन्त्रीमाथि आक्रोश पोखेका छन्। उनले गृहमन्त्रीको राजनीतिक दर्शनमाथि नै प्रश्न उठाएका छन्। भण्डारी फेसबुकमा लेख्छन्, ‘बादल तिम्रो पौरख कम्युनिस्ट दर्शन टुकुचामा लगेर सेलाऊ  सत्तारूढ नेकपाभित्रका पूर्वमाओवादी समूहका नेता कार्यकर्ताले ‘प्रकाण्ड’लाई हत्कडी लगाएकोमा गम्भीर आपत्ति जनाएका छन्।

राजनीतिक नेतालाई हत्कडी लगाएर ‘अपराधी’लाई जस्तो व्यवहार गरिएको उनीहरूको टिप्पणी छ। प्रहरीले ‘प्रकाण्ड’लाई पक्रेर जबरजस्ती चन्दा असुलीमा अनुसन्धान गरिररहेको छ।





error: Content is protected !!