विपत् व्यवस्थापनमा सबै संयन्त्र तयार

सुर्खेत, । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले विपत् व्यवस्थापनका लागि सबै संयन्त्र तयारी अवस्थामा रहेको बताउनुभएको छ । प्रदेश विपत् व्यवस्थापन कार्यान्वयन समितिको संयोजकसमेत रहनुभएका कानूनमन्त्री भण्डारीले रासससँग कुरा गर्दै बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिका कारण हुने घटनामा तत्काल उद्धार तथा राहत पु¥याउन सरकारका सबै संयन्त्र तयारी राखिएको जनाउनुभयो । “प्रदेश सरकारले विपत् व्यवस्थापनका लागि न्यूनीकरण, पूर्वतयारी, पुनःस्थापना र प्रतिकार्यका योजनालाई मुख्य आधार बनाएर संयन्त्रलाई सतर्क अवस्थामा राखेको छ”, कानूनमन्त्री भण्डारीले भन्नुभयो ।

अहिले जाजरकोटका साथै कर्णालीका १० जिल्लाका विपत् व्यवस्थापन समितिलाई जोखिम क्षेत्रको पहिचान, प्रभाव मूल्याङ्कनसहित सबै कुरा सम्मिलित प्रतिवेदन दिन निर्देशन दिइएको उहाँको भनाइ थियो । हुम्ला, मुगु, जुम्ला र जाजरकोटमा भएको ठूलो जनधनको क्षतिमा प्रदेश सरकार आफैँ घटनास्थल पुगेर राहत प्रदान गरेको बताउँदै उहाँले जनताको समस्याका साथमा सरकार निरन्तर रहने बताउनुभयो ।

कानूनमन्त्री भण्डारीले थप्नुभयो, “प्रदेश सरकारले उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय, मध्यपश्चिम क्षेत्रीय प्रहरी बल नेपाल, क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमार्फत उद्धार सामग्री तयारी अवस्था राखेका छौँ ।” उहाँका अनुसार पीडितहरुलाई राहत उपलब्ध गराउँदै आएको प्रदेश सरकारले नेपाल रेडक्रससँग पनि समन्वय गरेको छ ।

विपत्तिबाट थप क्षति हुन नदिन आन्तरिक मामिला मन्त्रालयले त्रिपाल, म्याटे«स, बेल्चालगायत २९१ थान विभिन्न प्रकारका उद्धारका सामग्री भण्डारण गरेको मन्त्रालयका सचिव केशवराज आचार्यले जानकारी दिनुभयो । सचिव आचार्यले भन्नुभयो, “प्रदेशको विपत् व्यवस्थापन कोष सञ्चालन निर्देशिका, २०७५ मन्त्रिपरिषद्मा पेश भएकाले र त्यसका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ, यद्यपि अनुमोदन हुन बाँकी छ ।”

नेपाल रेडक्रसले ५० घरपरिवारका लागि गैरखाद्यान्न दिन सक्ने विवरण आन्तरिक मामिला मन्त्रालयलाई उपलब्ध गराएको छ । त्यस्तै मन्त्रालयको समन्वयमा प्रदेशमा विद्यमान सबै सुरक्षा अंगले डोरीदेखि २२ टनको एक्साभेटरसम्मका उद्धारका सामग्री तयारीमा राखेका छन् । वर्षायाममा बाढीपहिराको जोखिम बढेको छ भन्दै सुरक्षित ठाउँमा बस्न नागरिकलाई सरकारले आग्रह गरेको छ ।

हाल आन्तरिक मन्त्रालयमा रहेको क्षेत्रीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र मानेर सूचना संकलन, समन्वय गरी विपत् व्यवस्थापनमा सहयोग पु¥याउन नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई अनुरोध गरेको छ । साथै नागरिकको जीउधनको तत्काल सुरक्षा, उद्धार तथा राहतका लागि सधँैभरी सुर्खेत विमानस्थलमा हेलिकोप्टर तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको बताइएको छ ।





error: Content is protected !!