बस्तीनै अाएर भत्काईदिए निर्माणाधीन खानेपानी अायाेजना:पाँचलाखकाे क्षति

त्रिपुराकाेट(डाेल्पा) यहाँकाे त्रिपुरा सुन्दरी नगरपालिका-२ अन्तर्गत रुम गाँउका स्थानीयले साेेही वडामा पर्ने छिमेकी गाउँ मद्दुमा निर्माणाधीन खानेपानी अायाेजना भत्काईदिएका छन् ।
फनबाेर्ड नामक संस्थाकाे २९ लाखा १० हजार अाठसय सहयाेगमा निर्माण भईरहेकाे मद्दु खानेपानी अायाेजना २० गते दिउसाे सम्पुर्ण गाँउबासीनै अाएर दुईवटा ट्याङ्की फुटाएकाे,पाँचसय मीटर पाईपलाईन निकालेकाे ,फलामे जिअाई पाईपहरु पनि फालिदिएकाे निर्माण समितिका अध्यक्ष रणबहादुर बुढाले बताए ।
रुमका गाँउलेहररुले ट्याङ्की लाई बचाउन गरिएकाे घेरवार समेत भाँचेर फालेकाे उनले बताए ।
‌उनका अनुसार बर्षाैदेखि मद्दु र रुम गाँउका स्थानीयले ठुला खाेलाकाे पानी मिलेर प्रयाेग गर्दै अाएपनि अहिले अाएर सिँचाई गर्ने र खानेपानी काे मुहान एउटै खाेलाबाट लिन पाँईदैन भन्दै ताेडफाेड गरेका हुन् ।
यदि खानेपानी लिएपनि चालिस प्रतिशत मद्दुका स्थानीयले लिनुस साठी प्रतिशत हामी लिन्छाै भनेर रुमका स्थानीयले भन्दा कुराे नमिलेकाे बताईएकाे छ।
‌ खानेपानी अायाेजनाकाे निर्माणकार्य अन्तिम चरणमा पुगेकाे थियाे अब केही बाँकी रहेन उनले भने ।
‌नब्बे घर समुदायलाई लक्षित गरि अायाेजना निर्माण सुरु गरिएकाे हाे अब घरघरमा खानेपानी पुग्ला र शुद्द पानी पिउन पाईएला भन्नेबेला सारा ताेडफाेड पारिदिए स्थानी हिराचन्द्र बुढाले भने ।यसरी सार्वजनिक कुला राेख्ने अायाेजना तहसनहस पार्नेलाई कारवाही गर्नुपर्ने स्थानीयकाे माग छ ।
‌उक्त खानेपानी अायाेजना २०७४-११-१२ मा फनबाेर्डसँग सम्झाैता भएकाे जिल्ला जलस्राेत समिति,खानेपानी पानी कार्यलय,जिल्ला प्रशासन सम्बन्धित सबै ठाँउबाट अनुमति लिएरै निर्माणकार्य शुरु गरिएकाे स्थानीयले बताए ।
‌यता रुम गाँउका स्थानीयले खानेपानी पटक पटक मद्दुका स्थानीयलाई बाेलाएर छलफल,सहमति गरेरमात्रै काम सुरु गर्ने भनेतापनि अटेरी गरेपछि गाँउले अाएर ताेडफाेड गरेकाे बताएकाछन् ।
‌यता वडा कार्यलय मार्फत पत्र काटेरै छलफल गर्न बाेलाईएपनि उनिहरु नअाएकाे रुमका स्थानीयकाे भनाई छ ।
‌साे क्षतीकाे बिषयमा नगरपालिकालाई जानकारी गराई सकेपछि प्रहरी प्राविधिक अाएर क्षति जाँचबुझ गरि लिएकाे बताईएकाे छ ।
साे बिषयमा दुईवटै पक्षलाई बाेलएर छलफल गर्ने त्रिपुराकाेट प्रहरी चाैकीले जनाएको छ ।रामचन्द्र न्याैपाने





error: Content is protected !!