नयाँ शक्ति पार्टीका जिल्ला संयोजक मृत फेला

दिलमाया शाही
जुम्ला ः नयाँ शक्ति पार्टीका जिल्ला संयोजक एवं चन्दननाथ नगरपालिका २ निवासी वर्ष ४३ का राधाकृष्ण बुढथापाको शव मृत अवस्थामा भेटिएको छ ।

चन्दननाथ नगरपालिका ५ जुगाडखोला नजिकै बुढाथापाको शव मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घटना कसैले घटाएको आंशकामा प्रहरीले दुई जनालाई सोधपुच्छका लागि नियन्त्रणमा लिएको छ । मृतक बुढथापाको शव अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको इर्मेजेन्सी कोढामा राखिएको छ ।

प्रहरीको मुचुल्का पछि शवलाई मोष्टमाटम गरिने बताईएको छ । घटनाको बारेमा विस्तुत जानकारी नआई सकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।





error: Content is protected !!