लजाउँदा स्तन क्यान्सर घातक हुने खतरा

आजको विश्वमा सबैभन्दा बढी अनुसन्धान भइराखेको क्यान्सर स्तन क्यान्सर पनि नै हो । स्तन क्यान्सर फैलनु तथा ढिलो निदान हुनुमा महिला बढी पीडित हुने तर जा“च गर्ने पुरुष डाक्टर हुने भएकाले महिला लजाएर घरमै बस्दा, उपचार नगराउ“दा क्यान्सर नै बन्ने, झन् फैलने र मृत्यु हुने सम्भावना रहन्छ

विश्वमा महिलालाई लाग्ने क्यान्सरमध्ये सबैभन्दा बढी हरेक आठ महिलामध्ये एक महिला र हरेक १३ मिनेटमा एक जनाको मृत्यृवरण गराउने स्तन क्यान्सर हो । स्तन क्यान्सर १ प्रतिशत पुरुषमा पनि पाइन्छ । विकसित देशमा ८ महिलामा एक तथा एसियाली महिलामा हरेक २२ मा एक जनामा स्तन क्यान्सर पाइने गरेको छ । नेपालमा ७ हजारबढीमा स्तन क्यान्सर छ ।
स्तनमा भएका कोष–कोषिकाहरूमा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गा“ठागु“ठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । आजको विश्वमा सबैभन्दा बढी अनुसन्धान भइराखेको क्यान्सर स्तन क्यान्सर पनि नै हो । स्तन क्यान्सर फैलनु तथा ढिलो निदान हुनुमा महिला बढी पीडित हुने तर जा“च गर्ने पुरुष डाक्टर हुने भएकाले महिला लजाएर घरमै बस्दा, उपचार नगराउ“दा क्यान्सर नै बन्ने, झन् फैलने र मृत्यु हुने सम्भावना रहन्छ ।

सम्भाव्य तत्व
१। प्रौढ महिला
२। पारिवारिक स्तन क्यान्सरः आमा, सानीआमा, दिदीबहिनी, आमापट्टिकी हजुरआमा वा छोरी
३। चा“डै महिनावारी सुरु हुने तथा ढिलो महिनावारी सुक्ने ।
४। विवाह नगरेका महिला ।
५। विवाह गरेपनि बच्चा नपाएका वा जन्माउने क्षमता नभएका ।
६। ३० वर्षभन्दा पछि पहिलो बच्चा जन्माएका ।
७। बच्चालाई स्तनपान नगराउने महिला ।
८। धेरै वर्षसम्म परिवार नियोजनको चक्की, गर्भ तुहिने औÈधि, डिइस तथा विभिन्न हर्मोनको उपयोग
९। सानो उमेरमा अनावश्यक विकिरणको प्रयोग धेरै गरेका
१०। अत्यधिक बोसो भएको खाद्य पदार्थको सेवन, नियमित रक्सी तथा चुरोटको सेवन गर्ने ।
११। नियमित व्यायाम नगर्ने तथा ज्यादै मोटी मधुमेही ।
१२। स्तनमा पहिलेदेखि नै गा“ठागुठी वा पुराना समस्या भएका र
१३। पहिला एउटा स्तनमा क्यान्सर भइसकेका ।

लक्षण तथा चिह्न
९क० महिलाका दुवै स्तन समान नभई आकार, लेबल र बनोटमा फरक देखापर्नु ।
९ख० स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने लाम्चो आकारको गिर्खा आउनु ।
९ग० स्तन सुन्निएर कडा भई दुख्न थाल्नु ।
९घ० स्तनको मुन्टाबाट रगत, पिप अथवा फोहोर पदार्थ आउनु र ब्रा भिजिरहेको हुनु ।
९ङ० स्तनको मुन्टा सिधा बाहिरपट्टि नफर्की दाया“बाया“ वा घुमेर भित्रपट्टि फर्कनु
९च० स्तनको छालामा रंग अथवा नरमपनामा केही परिवर्तन साह्रो देखापर्नु, मुन्टो सुन्तलाको बोक्राको जस्तो प्वालप्वाल पर्नु ।
९छ० स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु
९ज० स्तनमा गिर्खा नदेखिए पनि काखीमा गिर्खा देखापर्नु ।
९झ० ढिलो भएको खण्डमा स्तनमा सानातिना दाना देखापरी पछि घाउ“ नै बन्नजानु ।
समयमै उपचार नभए हड्डी, कलेजो, डिम्बाशय, स्नायुप्रणाली र फोक्सोमा समेत क्यान्सर हुन सक्छ । तर, १५ देखि २५ वर्ष उमेरका महिलाको स्तनमा हुने नदुख्ने गा“ठो खासमा स्तनको मुसा भनिने फाइब्रोएडिनोमा हो । जसमा ९० प्रतिशतमा क्यान्सरको जोखिम हँुदैन र निको पार्ने कुनै औषधि पनि छैन । औंलाले परीक्षण गर्दा चिप्लिएर एक ठाउँबाट अर्को ठाउँमा सर्छ ।

सुरुको अवस्थामा पत्ता लगाउने तरिका
नियमित स्वास्थ्य परीक्षणः स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालिमप्राप्त स्वास्थ्यकर्मीको पञ्जा लगाएको हातबाट स्तनको नियमित परीक्षण गराउनुपर्छ । किनभने १ सेमीभन्दा सानो टοुमर आफ्नो हातले छामेर पत्ता लाग्दैन । २० देखि ४० वर्षकाले हरेक तीन वर्षमा र ४० वर्ष माथिकाले हरेक एक वर्षमा विशेषज्ञसँग परीक्षण गराउनुपर्छ ।
मेमोग्राफी परीक्षणः म्यामोग्राफी प्रविधि स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउने एक विशेष प्रकारको एक्स–रे परीक्षण हो । परीक्षणबाट स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकिने भएकाले ४० वर्ष उमेर पुगिसकेकाले मेमोग्राफी दुई वर्षमा एकपटक गराउनुपर्छ । मेमोग्राफीले ८५ प्रतिशत र ५ मिलिमिटर अर्थात् चामलको दानाजत्रो ट्युमर पत्ता लगाउँछ । जसमा स्तन जोगाउन सकिने र बिनाकेमोथेरापी बाँच्ने समय ९७ देखि शतप्रतिशत बिरामीमा पाँच वर्ष या बढी हुन्छ ।
आफ्नो स्तनको आफंैले परीक्षणः स्तनमा नया“ वा असामान्य गिर्खा, डल्ला छन् कि छैनन् भनी थाहा पाउन महिलाले स्तनको आफैंले परीक्षण गरी पत्ता लगाउन सक्छन् ।

निदान
एफएनएसीः स्तनमा भएका गिर्खाको कोष–कोषिकाहरू मसिनो सुईले झिकेर, प्रयोगशालामा अध्ययन गरी क्यान्सर निदान गर्न यो परीक्षण गरिन्छ ।
बायोप्सी ९हिस्टोप्याथोलोजी०ः स्तनको प्रभावित भागबाट सानो मासुको टुक्रा निकाली प्रयोगशालामा परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ । यो विधि क्यान्सर पहिचानका लागि ज्यादै भरपर्दो छ ।

उपचार

बिरामीको अवस्था, शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा निम्न उपचार विधि प्रयोग गरिन्छ । सुरुकै अवस्थामा पत्ता लाग्यो र उपचार गरियो भने ९० प्रतिशत निर्मूल वा क्यान्सरको खतराबाट मुक्त हुन्छन् । पहिलो, दोस्रो र तेस्रो अवस्थाको स्तन क्यान्सरको उपचार लक्ष्य क्यान्सर निको पार्ने र दोहोरिन नदिने हुन्छ भने चौथो अवस्थाको स्तन क्यान्सरमा उपचारको लक्ष्य लाÔणिक र आयु लम्ब्याउने खालको हुन्छ । स्तन क्यान्सर भएकाहरूको प्रतिरोधात्मक शक्ति कम भएर जाने भएकाले रोगलाई विकराल रूप लिन नदिनका लागि रोगी साहसी, कटिबद्ध एवं इमानदार हुनु आवश्यक छ । किनभने, आत्मबल र इच्छाशक्ति भए स्तन क्यान्सरबाट पनि मुक्त हुन सकिन्छ ।

रोकथाम
२५ वर्ष उमेर पुगेका महिलाले आफ्नो स्तनको आफंै परीक्षण गरी वा स्तन क्यान्सरको लक्षण फेला परेमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्र वा सम्बन्धित अस्पतालमा जचाँउनुपर्छ । यसका साथै स्तन क्यान्सर रोकथामका सामान्य उपायमा बोसोयुक्त खानेकुरा नखाने, मद्यपान र सुर्ती सेवन नगर्ने, मोटोपन घटाउने, बच्चालाई दुई वर्षसम्म स्तनपान गराउने, प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी, रेसादार खानाखाने, सधैं शारीरिक रूपमा तन्दुरुस्त रहने, इस्ट्रोजन हर्मोन, किटनाशक औषधि ज्यादा प्रयोग नगर्ने, पारिवारिक आनुवंशिक इतिहास भएकाले नियमित मेमोग्राफी, उच्च सतर्कता अपनाउने र स्तन क्यान्सरबारे चेतनामूलक जानकारी उपलब्ध गर्ने गराउने गर्न जरुरी हुन्छ ।
अन्त्यमा, नेपालमा पनि स्तन क्यान्सर भएका महिलाको संख्या बढ्दो छ र प्रायः महिलाहरू स्तन वा काखीमा गा“ठो देखापरेपछि मात्रै वा जटिल अवस्थामा चिकित्सकस“ग परामर्श वा उपचारका लागि आउने भएकाले यस क्यान्सरबाट हुने मृत्युदर बढ्दो छ । तसर्थ, रोकथाम गर्न सजग होऔं र सुरुकै अवस्थामा पत्ता लगाउन जागरुक होऔं ।





error: Content is protected !!